विशेषज्ञ चिकित्सक द्वारा निःशुल्क जाँच

रामेछाप । जिल्ला अस्पताल रामेछापले मानसिक तथा नसा रोग र नाक, कान, घाटी तथा थाईराईड सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । अस्पतालले माघ महिनाको नियमित कार्यक्रम अन्तर्गत सो कार्यक्रम संचालन गरेको हो । हरेक महिनाको अन्तिम बुधवार हुने कार्यक्रममा मानसिक तथा नसा रोग सम्बन्धीको सेवामा ३५ जना र नाक, कान, घाटी तथा थाईराईड सम्बन्धी सेवामा ४० जनाले सेवा लिए ।
विशेषज्ञ चिकित्सक द्वारा निःशुल्क जाँच कार्यक्रममा जो सुकैले पनि सेवा लिन सक्ने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट केशव श्रेष्ठ जानकारी दिए । जाँचका लागि शिविरमा आएका बिरामीहरूको अप्रेसन गर्नु पर्ने भए अप्रेसन पनि गरिने श्रेष्ठले बताए ।
शिविरमा रामेछाप लगायत लिखु गाउँपालिका ओखलढुंगा देखि आएर सेवा लिएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार बाग्मती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय तथा अस्पताल सुदृढीकरण कार्यक्रम अन्तर्गतको यो विशेष कार्यक्रम संचालन गरिँदै आइएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button