टेककुमारीको जीवनको टेको बन्दै छिमेक लघुवित्त

रामेछाप । मुस्कुराउँदै धूप बाट्दै थिइन् टेक कुमारी थापा । उमेरले ६० नाघेकी टेककुमारी जाँगरका साथ धूप बाट्ने तालिममा सहभागी थिइन् । आराम गरेर खाने उमेरमा धूप बाट्दै गरेको देखेर एक व्यक्तिले सोधे – यो उमेरमा धूप बाट्ने तालिममा आउनु भएछ त ? टेक कुमारीले मुस्कुराउँदै भनिन् – बुढाको कमाई धेरै खाइयो, अब बुढेसकालमा आफ्नै कमाई खाने हो । बुढोलाई पनि कमाएर खुवाउने हो । सिप सिक्न उमेरले नछेक्ने पनि टेककुमारी बताउँछिन् । लघुवित्तले दिएको तालिम बुढेसकालका लागी कमाई खाने सहारा बनेको उनी बताउँछिन् ।
यो संवाद छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संचालन गरेको बाटेको धूप बनाउने तालिमको हो । संस्थाले माघ २४ र २५ गते दुई दिन धूप बनाउने तालिम संचालन गरेको हो ।
संस्थाले चिसापानी, पिप्ले, सुनारपानीका सदस्यहरुलाई बाटेको धूप बनाउने तालिम दिएको हो ।छिमेक लघुवित्तले तालिम लिन आउने सदयहरूलाई खाजा तथा यातायात खर्च व्यवस्थापन सहित निःशुल्क तालिम प्रदान गरेको छ ।
सदस्यहरू बाट ३५ जनालाई तालिम प्रदान गरिने लघुवित्तको योजना भएपनि तालिममा इच्छुकहरूलाई सहभागी गराइएको शाखा प्रमुख लक्ष्मण शाहले जानकारी दिए । शाहका अनुसार तालिममा ४४ जना सहभागिता रहेको थियो ।
२०७३ मंसिर १ गते देखि कार्यक्षेत्र बनाएर सुरु भएको संस्थाले हाल सम्म ९८६ जना सदस्य आबद्ध गराएर सेवा प्रदान गरेको शाहले बताए । शाहले भने – संस्थाले प्रत्येक वर्ष २ वटा तालिम दिई सदस्यहरूलाई आत्मनिर्भर बनाउने लक्ष्य सहित तालिम संचालन गर्दै आएको छ ।
तालिममा सिकेको सिपले स्वरोजगार बन्ने तालिममा सहभागी प्रमीला सत्यालले बताइन् । उनले भनिन् – हामीले बाटेको धूप बनाउन सिक्यौँ । अब बजारको माग अनुसार उत्पादन गर्छौँ ।
छिमेक लघुवित्तले दिएको बाटेको छुप बनाउने तालिममा सिकेको सिपलाई व्यवसायिकरुपमा प्रयोग गर्ने प्रविना भुजेल बताउँछिन् । उनी भन्छिन् – अब व्यावसायिक रूपमा धूप उत्पादन गर्छौँ । २ दिने बाटेको धूप बनाउने तालिमको सहजीकरण प्रशिक्षक देवी कडरियाले गरेकी थिइन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button