सुनकोसीमा मृत भेटिए चन्द्रबहादुर माझी

रामेछाप । चन्द्रबहादुर माझी मृत अवस्थामा भेटिएका छन् । माझीलाई बिहीबार सुनकोसीमा मृत भेटिएको हो ।
जिल्लाको रामेछाप नगरपालिका वडा नं ५ रामपुरका माझी माघ १६ गते घरबाट निस्किएका थिए । ६४ वर्षीय वृद्ध माझी लाई सुनकोसी किनारमा मृत भेटेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।
बिहीबार अपराह्न ४ बजेका समयमा खोजतलास गर्ने क्रममा सुनकोसी नदी कोलञ्जोरघाटमा पानीको दहमा डुबेका अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक रञ्जन गिरीले बताए माझीको शव बारेमा जिल्ला प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button