सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सप्ताह सुरु

रामेछाप । सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सप्ताह सुरु भएको छ । रामेछापको सदरमुकाम मन्थलीमा बिहीबार देवकोटा चोकदेखि बसपार्क स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय सम्म ट्राफिक नियम सम्बन्धी सचेतनामूलक प्लेकार्ड तथा ब्यानर सहितको प्रभात फेरी भएको हो । ट्राफिक सप्ताहको उद्घाटन गर्दै मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले भने – सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सुरु भएको ट्राफिक सप्ताह सफल बनाउन सबै लाग्नुपर्छ ।
व्यक्ति सचेत भए मात्र सवारी दुर्घटना न्यूनीकरण हुने भएकाले यस्ता अभियानलाई निरन्तरता दिनुपर्ने प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले बताइन ।
रामेछापमा साढे दुई वर्षको अवधिमा सडक दुर्घटनामा परी ३७ जनाले ज्यान गुमाएको बताउँदै सडक दुर्घटना न्यूनीकरणका लागि प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीले सबैको सहयोगको आवश्यकता रहेको बताए ।
वाग्मती प्रदेश स्तरीय ट्राफिक सप्ताह २०८० अन्तर्गत चोक–चोकमा ट्राफिक प्रहरीसँग स्वयंसेवक परिचालन कार्यक्रम, जनचेतनामूलक पम्प्लेट वितरण, पैदल यात्रुलाई बाटो काट्न सिकाउने, ग्रामीण सडक लक्षित प्रशिक्षण, बढी भाडा लिए नलिएको अनुगमन, सवारी चालकसँग ५ मिनेट र ओभरटेक प्रशिक्षण गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख दीपक दीपक चौलागाईँले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button