बालमैत्री स्थानीय शासन सम्बन्धी लोकगीत प्रतियोगिता

रामेछाप । जिल्लाको रामेछाप नगरपालि८का वडा नं. ८ मा बालमैत्री स्थानीय शासन सम्बन्धी लोकगीत प्रतियोगिता सम्पन्न भएको छ । केवलेश्वर वडा बाल सञ्जालको प्रथम वार्षिक उत्सवको अवसरमा रामेछाप नगरपालिका वडा नं. ८ को समन्वय तथा बाल सञ्जालको आयोजनामा बाल समूह बीच बालमैत्री स्थानीय शासन सम्बन्धी लोकगीत प्रतियोगिता शुक्रवार भएको हो ।
प्रतियोगितामा सिद्देश्वर वाल समूह डुम्रिखर्क प्रथम, वाल मन्दिर वाल समूह द्वितीय, मलागिरी वाल समूह तृतीय र राधाकृष्ण बालसमुह वावियाखर्कले सान्त्वना स्थान हासिल गरे । विजयी समूहलाई उपप्रमुख बाल कुमारी कार्कीले नगद पुरस्कार र प्रमाण पत्र हस्तान्तरण गरिन् । विजयी प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः दुई हजार, एक हजार पाँच सय, एक हजार र पाँच सय साथै प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा ८ वटा समूहले भाग लिएका थिए ।
यस्ता कार्यक्रमले नगरपालिका भित्र रहेका बालबालिकाहरूलाई वालमैत्री स्थानीय शासन सँग जोडेर उनीहरूको प्रतिभालाई प्रोत्साहन गर्ने प्रतियोगिता कार्यक्रमको उद्घाटन गर्दै रामेछाप नगरपालिकाका प्रमुख लव श्री न्यौपानेले बताए ।
अविभावकहरुले बालबालिकालाई पढाइमा गरेको लगानीले मात्र नभई उनीहरूको क्षमता विकास र प्रतिभालाई हौसला प्रदान गर्नका लागि नगरले काम गर्दै आएको नगरपालिकाकी उप प्रमुख बाला कुमारी कार्कीले बताइन् ।
बालबालिकाको प्रतिभालाई बाहिर ल्याउन वडाका सबै बालबालिका सँग समन्वय हुने खालको प्रयास गर्ने वडा अध्यक्ष सन्तोष तामाङले बताए । प्रतियोगिता गौरीशङ्कर क्याम्पसमा गरिएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button