ट्राफिक सप्ताह सम्पन्न

रामेछाप । ट्राफिक रामेछापले सुरु गरेको ट्राफिक सप्ताह बुधवार सम्पन्न भएको छ । एक हप्ता सम्म ट्राफिक नियमको पालनाका लागि सरोकारवालाहरूलाई सचेतिकरण लगायत विभिन्न प्रयास गरी सडक दुर्घटनालाई न्यूनीकरणमा सहयोग पुगोस् भन्ने उद्देश्यले गत बिहीबार बाट सुरु भएको ट्राफिक सप्ताह देवकोटा चोकमा दीप प्रज्वलन गरी समापन गरिएको हो । कार्यक्रममा प्रहरी निरीक्षक रन्जन गिरी, नेपाल पत्रकार महासंघका अध्यक्ष वद्री नयाँघरे मन्थली नपा वडा नं ३ का वडा अध्यक्ष कृष्ण गोपाल थापा र ट्राफिक प्रमुख दीपक चौलागाई लगायतले सप्ताहको महत्त्व र उपलब्धिका बारेमा बोले।
लामो तथा छोटो दुरीमा चल्ने सवारी साधन सञ्चालनका क्रममा हुने सम्भावित सडक दुर्घटना लाई एक न्यूनीकरणका लागि ट्राफिक सप्ताह संचालन गरिएको हो । जस अन्तर्गत ट्राफिक प्रहरीले एक हप्ता सम्म ट्राफिक नियमको बारेमा विद्यालयका विद्यार्थी तथा सडक यात्रीहरूलाई सचेतिकरण गरेको थियो । ट्राफिकले सरकारको लक्ष्य अनुरूप सवारी दुर्घटना न्यूनीकरण सँगै दुर्घटनाबाट आफू पनि बचौँ, अरूलाई पनि बचाऔँ भन्ने मुख्य नाराका साथ सप्ताह सकेको हो ।