कपिलवस्तु बस दुर्घटना हुदाँ १० जनाको मृत्यु

बुटवल । कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको बस दुर्घटनामा भएका १० जनाको मृत्यु भएको छ ।

मृत्यृ हुनेहरुमा रौतहट औराही ३ का ४६ वर्षीय नारायण बहादुर भण्डारी, कालिजंग गण गोरुसिंगेमा कार्यरत अर्जुनकुमार योगी, भारत उत्तर प्रदेशका सकिल मुसलमान, भीमदत्त नगरपालिका १ कन्चनपुरका २७ वर्षीय राहुलराम कामी, भीमदत्त ४ कन्चनपुरका २४ वर्षीय उमेश भण्डारी रहेका छन् । भीमदत्त नगरपालिका १६ कन्चनपुरकी सन्जु थापा, भीमदत्तकै बाह्रकुण्डकी खगेश्वरी खाती, कन्चनपुर पुनर्वाससकी विमलादेवी भट्ट, भीमदत्त २ का सुदीप भट्ट र भीमदत्त ९ का बिसनदत्त भट्ट रहेका जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी नवरत्न पौडेलले बताए । सुनौलो महाकाली यातायातको सुपप्र ०२–००१ ख ००९८ नम्बरको बस सडकबाट २०० मिटर तल खसेर दुर्घटना भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button