सिबिरमा १४३ जना कैदि बन्दीहरुले लिए सेवा

रामेछाप । रामेछाप जिल्ला कारागार रामेछापमा शनिवार आँखा जाँच सिबिर सम्पन्न भएको छ । तिलगंगा आँखा प्रतिष्ठान काठमाडौं, रामेछाप शर्जिकल आँखा केन्द्र रामेछाप, जिल्ला कारागार रामेछाप र रामेछाप ग्रामीण आँखा केन्द्रको आयोजनामा संचालन भएको आँखा जाँच सिबिरमा १४३ जना कैदि बन्दीहरुले सेवा लिएका हुनु । आँखा जाँच सिबिरमा चस्मा लगाउनु पार्ने ४० जना, आँखा पाकेका ३ जना, आँखा चिलाउने ९ जना र अरु समान्य समस्या देखियका ८८ जना कैदि बन्दीहरुले आँखा जाँच सिबिरमा सेवा प्राप्त गरेका थिए । तेस्तै मोतियाबिन्दु को अप्रेशन गर्नु पर्ने ३ जना भेटिएकाले यहि चैत १ र २ गते रामेछाप शर्जिकल आँखा केन्द्र मन्थलीमा हुने अप्रेशन सिविरमा अप्रेशन गरिने रामेछाप शर्जिकल आँखा केन्द्र रामेछापका आँखा स्वास्थ्य कार्यकर्ता पुस्कल घिमिरले जानकारी दिए । आँखा जाँच सिविरको आर्थिक सहयोग भने हिमालयन मोतियाबिन्दु परियोजनाका यु एस ए को रहेको थियो ।