रामेछापका ११ हजार बढी बालबालिकलाई दादुरा–रुबेलाको खोप लगाइने

रामेछाप । दादुरा–रुबेला विरुद्धको खोप अभियानमा रामेछापका ११ हजार बढी बालबालिकलाई खोप लगाइने भएको छ । जिल्लाको ८ वटै स्थानिय तहका ६४ वटै वडामा रहेका ११ हजार ६ सय ८९ बालबालिकालाई खोप लगाइने स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ ।

जिल्लाको रामेछाप नगरपालिका र लिखु तामोकोशी गाउँपालिकाको सबै वडामाहरुमा फागुन १३ गतेदेखी १५ गतेसम्म खोप अभियान संचालन हुनेछ । फागुन २१ गतेदेखी २३ गतेसम्म मन्थली नगरपालिका,गोकुलगंगा गाउँपालिका,सुनापति गाउँपालिका,खाँडादेवी गाउँपालिका,दोरम्बा शैलुङ्ग गाउँपालिका र उमाकुण्ड गाउँपालिकाको सबै वडाहरुमा अभियान संचालन हुनेछ । रामेछापको रामेछाप नगरपालिकाका १८ सय २०,मन्थली नगरपालिकाका २७ सय १०,उमाकुण्ड गाउँपालिकाका १२ सय ३३,गोकुलगंगा गाउँपालिकाका १२ सय ७४,लिखु तामाकोशी गाउँपालिकाका १३ सय ३३,खाँडादेवी गाउँपालिकाका १३ सय १५,दोरम्बा शैलुङ्ग गाउँपालिकाका ११ सय ६७ र सुनापती गाउँपालिकाका ८ सय ३७ बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइने छ ।

यो खोप अभियानमा ९ महिनादेखि ५ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाइने छ । जिल्लाका ११ हजार बढी बालबालिकालाई खोप लगाउनका लागि २ सय ७१ खोप केन्द्र कायम गरिएका छन् । जसमा २ सय ७ जना खोपकार्यकर्ता र ४ सय १४ जना स्वास्थ्य स्वयंसेवकहरू परिचालन गरिने स्वास्थ्य कार्यालय रामेछापका कोल्डचेन निरीक्षक दिपेन्द्र श्रेष्ठले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button