Trending
न्यानो कपडा पाए पछि खुसी भए नाम्गेल शेर्पा

सोलुखुम्बु । वडाले सम्मानसहित न्यानो कपडा दिए पछि नाम्गेल शेर्पा खुसी भएका छन् । वृद्ध अवस्थामा आफूले वडाबाट सम्मान पाउँदा अत्यन्त खुसी लागेको ८१ वर्षीय वृद्ध शेर्पाले बताए ।
सोलुदुधकुण्ड नगरपालिका– ३ तामाखानीका शेर्पा जस्तै धेरै ज्येष्ठ नागरिक सम्मानित भए पछि खुसी छन् । वडा कार्यालयले शुक्रवार एक कार्यक्रमका बिच ७९ जना ज्येष्ठ नागरिकहरूलाई एक÷एक थान फाइबर सिरकसहित खादा लगाइ सम्मानित गरेको हो ।
चालु आर्थिक वर्ष २०८०÷८१ को लक्षित वर्ष अन्तर्गतको १ लाख ५० हजार बजेटबाट उनीहरूलाई जाडोमा न्यानो सिरक वितरण गरिएको वडाध्यक्ष ल्हाक्पा गेलु शेर्पाले बताए ।
साथै अनुभव र संर्घषले खारिएका ज्येष्ठ नागरिकहरूको योगदानलाई उच्च कदर गर्दै आफूहरूले खादा लगाइ सम्मान समेत गरेको वडाध्यक्ष शेर्पाले बताए ।