मेलुङ गाउँपालिकाले सिकायो साबुन बनाउन

दोलखा । जिल्लाको मेलुङ गाउँपालिका वडा नं. ३ घ्याङमा साबुन बनाउने तालिम सम्पन्न भएको छ । गरिबी निवारणका लागी लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत १० दिने साबुन बनाउने तालिम सम्पन्न भएको हो ।
तालिममा वडाका १४ जनाको सहभागिता रहेको उद्योग विकास शाखाका उविस दिनेश थापाले जानकारी दिए ।
तालिममा सिकेका कुरा अब व्यवहारमा लागु गरी व्यवसायीक रुपमा अगाडी बढ्न गाउँपालिका अध्यक्ष हिरा कुमार थोकरले आग्रह गरे । तालिममा स्थानीय स्तरमा पाइने कच्चा पदार्थ प्रयोग गर्न सिकाइएको हुनाले स्थानीय कच्चा पदार्थले साबुन उत्पादन गरी व्यवसाय गर्न सहज हुने थोकरले बताए । गाउँपालिकाले आगामी दिनमा मेसिन उपकरण र आवश्यक परे थप तालिम समेत मागका आधारमा उपलब्ध गर्ने प्रतिबद्धता थोकरले व्यक्त गरे ।
प्रमाण पत्र वितरण तथा तालिम समापन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गायत्री आचार्यले कार्यक्रमको लक्ष नै सिप सिकाउने र उद्यमी बनाउने भएको बताइन् । अव व्यवसायीक रुपमा काम गरी आयआर्जन तर्फ लाग्न सहभागीहरूलाई आग्रह गरिन् । साबुन उत्पादन गर्न सके दैनिक जीवनमा उपभोग्य बस्तु भएको हुँदा बिक्री वितरण गर्न सहज समेत हुने उनले बताइन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button