सेफ हाउस संचालकलाई अभिमुखीकरण

रामेछाप । राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेशले मन्थलीमा हिंसा प्रभावित अपाङ्गता भएका व्यक्तिहरूको उद्धार तथा पुनर्स्थापना सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम सकेको छ । रामेछाप, सिन्धुली, दोलखा, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक र चितवन समेत गरी ७ जिल्ला भित्रका सेफ हाउस संचालक तथा व्यवस्थापक र अपाङ्ग अगुवा सहित ४० जना भन्दा बढीको कार्यक्रममा सहभागिता थियो।
कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूका सवाल र उनीहरूलाई राज्यले हेर्ने दृष्टिकोण र गर्ने व्यवहार तथा पाउने सेवा सुविधाका बारेमा सामाजिक विकास मन्त्रालय बागमती प्रदेशका उप सचिव गोपाल कँडेलले जानकारी गराएका थिए ।
अपाङ्गता भएका व्यक्तिहरूको पारिवारिक अवस्था र दुर्दशा, सामाजिक सुरक्षा, अपाङ्गताको परिभाषा, वर्गीकरण, उनीहरूले परिवार र समाजमा बेहोर्दै आएको कठिनाइका बारेमा अपाङ्ग अधिकारकर्मी निर्मला धितालले सहजिकरण गरेकी थिइन् । उनले सेफ हाउसहरू संचालन विधि तथा नीतिको बारेमा जानकारी गराएकी थिइन्।
कार्यक्रमका लागी आर्थिक सहयोग सामाजिक विकास मन्त्रालय बाग्मती प्रदेश, रामेछाप नगरपालिका र मन्थली नगरपालिकाले गरेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button