खिम्ति ग्रामीण विद्युतले सक्यो साधारण सभा

रामेछाप । खिम्ति ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेडले १२ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सहकारीले सरकारी नियम विरुद्ध पुस मसान्त सम्म सकी सक्नु पर्ने साधारण सभा फागुनको २९ गते सम्पन्न गरेको छ ।
दोलखा र रामेछाप जिल्लाको गरी ५ स्थानीय तहको १४ वटा वडामा फैलिएको उक्त सहकारीका शेयर सदस्य ७ हजार र ११ हजार जना विद्युत् सेवाका उपभोक्ता ग्राहक रहेका छन् ।
सहकारीले गत आवमा २ करोड ४८ लाख ९५ रुपैयाँ मुनाफा कमाएको थियो भने चालु आवमा पनि २ करोड भन्दा बढी मुनाफा कमाउने अनुमान कोषाध्यक्षको प्रतिवेदनमा छ ।
१२ वर्ष अघि हिमाल पावर लिमिटेडले स्थानीय सरोकारवालाहरूको सुविधालाई ध्यानमा राखी खिम्ति ग्रामीण विद्युत् सहकारी संचालनमा ल्याएको हो । सो क्रममा संस्थाले आफ्ना उत्कृष्ट शेयर सदस्य तथा कर्मचारीहरूलाई सम्मान परि गरेको थियो ।
फागुन महिनाको २७ गते संघीय सांसद पार्वत गुरुङ र २८ गते संघीय सांसद पूर्ण बहादुर तामाङलाई प्रमुख अतिथि बनाएर छुट्टा छुट्टै क्षेत्रमा साधारण सभा गरेको संस्थाले बुधवार भने किर्नेटार स्थित आफ्नै कार्यालय परिसरमा प्रदेश सांसद तारा नारायण श्रेष्ठलाई प्रमुख अतिथि बनाएर साधारण सभा सम्पन्न गरेको हो ।
संस्थाका अध्यक्ष शेर बहादुर खड्काको अध्यक्षतामा भएको उक्त साधारण सभामा बागमती प्रदेश सभाका पूर्व सदस्य शान्ति प्रसाद पौडेल, तामाकोशी गाउँपालिका अध्यक्ष प्रोण प्रताप केसी, उपाध्यक्ष सृजना खड्का सुवेदी, रामेछाप जिल्ला सहकारी संघका अध्यक्ष हिमाल ढुंगेल, दोलखा र रामेछाप जिल्लाका नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र रास्वपा, राप्रपा लगायतका विभिन्न पार्टीका गरी एक दर्जन भन्दा बढी नेताहरूले सहकारीको अवस्था विकास र भावी दिनमा गर्नु पर्ने कामका बारेमा आ आफ्नो धारणा राखेका थिए ।
साधारण सभाले अध्यक्ष शेर बहादुर खड्काको प्रतिवेदन सचिवको प्रतिवेदन र कोषाध्यक्ष धिरज सुवेदी र लेखा तथा सुपरिवेक्षण समितिका संयोजक सुमन चौहान माइकलद्वारा प्रस्तुत प्रतिवेदन पनि सर्व सम्मत रूपमा पारित गरेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button