वडा कार्यालय भवनको उद्घाटन

रामेछाप। मन्थली नगरपालिका वडा नं–७ को नव निर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको छ । बुधवार मन्थली नगर प्रमुख लव श्रेष्ठले सो भवनको उद्घाटन गरेका हुन् ।
नव निर्मित भवनबाट सेवा प्रवाह सहज हुने भएकोले प्रभावकारी सेवा प्रवाहका लागि नगर प्रमुख श्रेष्ठले अनुरोध गरे ।
मन्थली नगरले १४ वटै वडामा समानुपातिक विकास निर्माणको काम गर्नु पर्ने भएकोले यस वडावासीको अपेक्षा अनुसार बिकास निर्माणका काम गर्न नसकेको मन्थली नगर उप प्रमुख इश्वरी बस्नेतले बताईन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button