टारगाउँको आगलागीले करोड बढी क्षति

रामेछाप । जिल्लाको रामेछाप नगरपालिका वडा नं. ९ मा बिहीबार लागेको आगोले करोड भन्दा बढी क्षति भएको छ । आगलागीले १२ परिवार घर विहीन बनेका छन् । राताटार स्थित रहेको हरदेनी पाखा सामुदायिक वनमा आगलागी हुँदा हावाहुरीको कारण उक्त आगो मानव बस्ती तर्फ सल्किन जाँदा आगोलागिबाट ठुलो क्षति भएको छ ।
आगलागीबाट महेशलाल तामाङको कच्ची घर, लत्ताकपडा, अन्नपात, भाडावर्तन, र नगद रु. तिन लाख गरी ३ लाख ७५हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । महेशलालको उक्त घरमा ८ जना बसोबास गर्दै आएका थिए ।
आगलागीबाट नरबहादुर तामाङको कच्ची घर, लत्ताकपडा, भाडावर्तन, अन्नपात, र १ गोरु घाइते गरी तिन लाख बराबरको क्षति भएको छ । नरबहादुर उक्त घरमा ३ जना बसोबास गर्दै आएका थिए ।
सर्किनी तामाङको कच्ची घर,भाडावर्तन, लत्ताकपडा, अन्नपात , सुन ३ तोला , चाँदी ५ तोला र नगद रु.२,७५,०००।– गरी ६ लाख ७५हजार बराबरको क्षति भएको छ । उनी एक्लै सो घरमा बस्दै आएका थिए । धन बहादुर तामाङको ४ लाख ५०हजार बराबरको क्षति भएको छ । उक्त घरमा ४ जना बसोबास गर्दै आएका थिए ।
आगलागीबाट पूर्ण बहादुर नेवार, धनमाया श्रेष्ठ, रमेश श्रेष्ठ, उत्तरकुमारी श्रेष्ठ, सिताराम नेवार, मीन बहादुर नेवार, मानकुमारी नेवार, बम बहादुर श्रेष्ठको घर समेत जलेको छ ।
पूर्ण बहादुर नेवारको २१ लाख ८५ हजार बराबरको क्षति भएको छ । पूर्णबहादुरको घरमा १० जना बसोबास गर्दै आएका थिए । धनमाया श्रेष्ठको ५१ लाख ५ हजार बराबरको क्षति भएको छ भने धनमायाको घरमा २१ जनाको परिवार आश्रित छ ।
आगलागीबाट रमेश श्रेष्ठको १५ लाख ९५हजार, उत्तरकुमारी श्रेष्ठको ३१ लाख २४ हजार, सिताराम नेवारको १६ लाख ७० हजार, मीन ब.नेवारको ६लाख, मानकुमारी नेवारको २७ लाख १२ हजार र ) बम ब.श्रेष्ठको १५ लाख १० हजार बराबरको क्षति भएको छ ।
आगलागीबाट जलेको रमेश श्रेष्ठको घरमा ५ जना , उत्तरकुमारी श्रेष्ठको घरमा १२ जना, सिताराम नेवारको घरमा ७ जना , मीन बहादुर नेवारको घरमा ४ जना, मानकुमारी नेवारको घरमा १ जना र बम बहादुर श्रेष्ठको घरमा ९ जना बसोबास गर्दै आएका थिए ।
जिल्ला प्रहरी कार्यालय रामेछापको स्थलगत अनुगमनको रिपोर्ट अनुसार आगलागीबाट १ करोड ८६ लाख ३१ हजार बराबरको क्षति भएको ।