आगलागि पीडितहरुको उद्धारका लागि सहयोग जुटाउदै जिल्ला विपद् ब्यवस्थापन समिति

रामेछाप । रामेछापको रामेछाप नगरपालिका–९ को राताटारका आगलागि पीडितहरुको उदरका लागि जिल्लाका सवै निकायहरुले एक जुट भएर सहयोग गर्नै भएका छन् । शनिवार प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले वोलाएको जिल्ला विपद् ब्यवस्थापन समितिको बैठकका अवसरमा सहभगि सदस्यहरुले उक्त घटनालाई साझा घटनाको रुपमा ग्रहण गर्दे पीडित परिवारका लागि सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन् ।
बिहीबार दिउँसो लागेको आगोका कारण रातटारका १२ घर र १४ गोठ जलेको विषय र वाँकि दिनमा संम्भावित डडेलोको जोखिम र नियन्त्रणका लागि गर्न सकिने उपाएका बारेमा जानकारी लिने र दिने उदेश्यले आयोजना गरीएको बैठकमा रामेछाप जिल्लाकी प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले सहयोगका उपाएका वारेमा खोजि गरे संगे मन्थली नगरपालिकाले हाल लागि प्रति परिवार २ ÷२ वण्डिल जस्ता, मन्थली उद्योग वाणिज्य संघले ५ सय लिटर बरावरका १ ÷१ वट हिलटेक सहयोग स्वरुप उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरेका छन् भने वाँकी सहयोगको हकमा अन्तरपालिका संग समेत समन्वय गर्न सबैका लागि दिर्घकालीन रुपमा समिति निर्माण गरि हालका लागि उनिहरुलाई थप सहयोग माग गर्ने पनि निर्णय भएको छ ।
त्यसैगरि जिल्ला प्रशासन कार्यालयले सरकारी मापदण्ड अनुसारको सहयोग उपल्ब्ध गराउने भएको छ । पीडितहरुका लागि सोही दिन रामेछाप नगरपालीकाले आवश्यक खाद्यन्न र नेपाल रेडक्रश जिल्ला सोसाईटि रामेछापले पनि त्रीपाल कम्मल भित्र लगाउने कपडा र एक एक सेट खाना पकाउने भाँडा वितरण गरिसकेको छ । त्यसैगरि शुक्रबार मन्थली नगरपालीका र एमाले जिल्ला कमिटि रामेछापले पनि उनिहरुका लागि केहि खाद्यन्न सामाग्रि उपलब्ध गराएको थियो ।
त्यसै गरि वैठकमा रामेछाप नगर र जिल्ला प्रहरी कार्यालयले उक्त आगलागि वाट भएको क्षतिको विवरणका बारेमा पनि जानकारी गराएको थियो । उक्त घटनामा परि अन्दाजी एक करोड ८६ लाख रुपैयाँ भन्दा बढीको धनमाल क्षति भएको छ । प्रहरीका अनुसार राताटार स्थित रहेको हरदेवी पाखा सामुदायिक वनमा सल्किएको आगो हावाहुरीका कारण सोही स्थानको मानव बस्ती पनि सल्किएको हो । आगोलागि घटनाबाट राताटार गाउँका १२ घर परिवारका घर, गोठ, लत्ताकपडा, अन्नपात, भाडा वर्तन, नगद र पशु चौपाया गरी एक करोड ८६ लाख ३१ हजार बारावरको क्षति भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीले बैठकमा जानकारी गराए ।



