अनेरास्ववियुको आयोजनामा निबन्ध लेखन प्रतियोगिता

रामेछाप । जिल्लाको मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा अनेरास्ववियुले आयोजना गरेको निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ । मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस कमिटीको आयोजनामा संचालन भएको प्रतियोगितामा १३ जना छात्रछात्राहरु सहभागी भएका थिए ।
निबन्ध लेखनमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्नेहरु क्रमशः विनीता श्रेष्ठ, मनीषा बुढाथोकी, रोज तामाङ र अस्वीन पौडेले त्रमशः ३ हजार, २ हजार, १ हजार र ५ सय नगद पुरस्कार प्राप्त गरे । अनेरास्ववियु क्याम्पस कमिटी संयोजक जोहोनसोन कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा शैक्षिक प्रमाणपत्र धितो राखेर बिद्यार्थी लाई शैक्षिक ऋण प्रदान गर्ने निर्णय सरकारले कार्यान्वयन गरि युवा पलाएन रोक्नु पर्दछ , संविधानमा उल्लेखित मावी तह (१–१२) सम्मको शिक्षा निःसुल्क हुनु पर्नेमा अनेरास्ववियु स्थायी कमिटी सदस्य एवम् प्रदेश सह–इञ्चार्ज प्रमुख अतिथी सागरहरी अधिकारी बताए ।
त्यस्तै यस अभियानले विद्यार्थीहरुमा नयाँ जोस् जागर र उमङ्ग छाएको अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष पुष्कर भट्टराईले बताए । उनले भने, ’विद्यार्थी हरुलाई कितावी ज्ञानले मात्र पुग्दैन अन्य राष्ट्रिय अन्तराष्ट्रिय , समासामयिक बिषयमा पनि जानकार हुनुपर्दछ त्यसकारण अतिरिक्त क्रियकलाप अनिबार्य छ , त्यसैले हामिले हरेक शैक्षिक संस्थाहरुम यस्ता कार्यक्रम गर्दै आएका छौ । साथै विद्यार्थीहरुमा अनेकौ प्रकार का कला प्रतिभाहरु हुन्छन र सबैले आफुमा भएको अन्तरनिहित क्षमता प्रदर्शनी र प्रचार भएमा मात्र आफुमा भएको अन्तरनिहित क्षमतामा अझ निखरता आउनेछ ।’
आइतवार भएको कार्यक्रममा सहसचिव सुशील थापा र मुकेश भण्डारी डेनिस, क्याम्पस प्रमुख डा भरतकुमार श्रेष्ठ, संगठनका नगर अध्यक्ष उत्सव खत्री, जिल्ला कमिटी सदस्य एवम् महिला विभाग प्रमुख विनीता श्रेष्ठ, सुदिप कार्की लगायतको उपस्थिति थियो । अनेरास्ववियु रामेछापले हरेक शैक्षिक संस्थामा एक कमिटी, एक अतिरिक्त क्रियाकलाप अभियान निरन्तर चलाउदै आईरहेको छ ।



