आगलागी पीडितलाई कपडा वितरण

रामेछाप । रामेछाप नगरपालिका वडा नं. ९ राताटारका आगलागी पीडितहरूलाई कपडा वितरण गरिएको छ । रामेछाप नगरपालिकाकी नगर उपप्रमुख बालकुमारी कार्कीको हातबाट पीडितहरूलाई कपडा वितरण गरिएको हो ।
आगलागी पीडित ११ परिवारका बालबालिकाहरूको लागी टिसर्ट र ट्रायक सुट वितरण गरिएको छ भने २१ जना महिलाहरूको लागी धोती, चोलो र पेटिकोट वितरण गरिएको नगर प्रवक्ता समीर कार्कीले बताए ।
नेपाल तरुण दलका केन्द्रीय सदस्य सौरभ के.सी., नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष विनोद बुढाथोकी र शुभ लक्ष्मी सप्लायर्सका प्रोप्राइटर राकेश कुमार गुप्ताले वितरण गरिएका कपडा उपलब्ध गराएको समेत प्रवक्ता कार्कीले बताए ।