नेपाली काँग्रेस रामेछाप नगर कार्य समिति र दीप बहादुर कार्की स्मृति प्रतिष्ठान द्धरा पीडितलाई नगद सहयोग

रामेछाप – नेपाली काँग्रेस रामेछाप नगर कार्य समितिले टाहार गाउँका आगलागी पीडितलाई नगद सहयोग हस्तान्तरण गरेको छ । नेपाली काँग्रेस रामेछाप नगर कार्य समितिले बुधवार टाहारमा स्वयम् पिडित परिवारलाई ५ हजारका दरले जम्मा ६५ हजार नगद सहयोग हस्तान्तरण गरेको हो । नगर कार्य समितिको आन्तरिक स्रोत बाट नगद व्यवस्थापन गरि आगलागीमा परी घर विहीन भएका परिवारलाई वस्ने घर बनाउन सहयोग पुगोस् भनेर नगद सहयोग गरेकोे नेपाली काँग्रेस रामेछाप नगर सभापति कमल विक्रम काकीले जानकारी दिए ।
त्यस्तै, आगलागी पीडितहरूलाई दीप बहादुर कार्की स्मृति प्रतिष्ठान रामेछाप नगरपालिका ७ सुकाजोरले ३९ हजार नगद सहयोग गरेको छ । प्रति घरपरिवार ३ हजारका दरले १३ परिवारलाई ३९ हजार नगद सहयोग गरेको प्रतिष्ठानका उपाध्यक्ष नारायण कुमार कार्कीले बताए ।

हस्तान्तरण कार्यक्रममा नगर उप सभापती केदार कार्की, कोषाध्यक्ष कृष्ण बहादुर कार्की, प्रवक्ता हरिचन्द्र घिमिरे, सदस्य ओमकार घिमिरे, रामेछाप नगरपालिका उप प्रमुख बाला कार्की, नगरपालीका प्रवक्ता समीर कार्की, पुर्ब कार्यपालिका सदस्य ज्ञानु देबी कार्की, नगर उ बा संघका पुर्ब अध्यक्ष शम्भु श्रेष्ठको उपस्थिति रहेको थियो ।
गत चैत्र १ गते टाहार गाउँमा आगलागी हुँदा १३ घर, १४ गोठ जलेर नष्ट भएका थिए ।