रामेछाप नगरपालिकाले सुरु गर्यो कुकुर बन्ध्याकरण शिविर

रामेछाप । रामेछाप नगरपालिकाले छाडा रहेका कुकुरलाई नियन्त्रण गर्न बन्ध्याकरण शिविर सुरु गरेको छ । छाडा कुकुरको संख्या बढेपछि नगरपालिकाले बन्ध्याकरण गर्न शिविर सञ्चालन गरेको छ । नगरपालिकाले नेपाल एनिमल वेलफेयर एण्ड रिसर्च सेन्टर काभ्रेसँगको प्राविधिक सहयोगमा शिविर संचालन गरेको हो । मुख्य बजार क्षेत्रमा रहेका छाडा कुकुर नियन्त्रण गरि बन्ध्याकरण गर्ने पशुपन्छी विकास शाखा प्रमुख काजी शेर्पाले बताए । शेर्पाका अनुसार शिविर भर घर पालुवा कुकुर पनि शिविरमा ल्याए बन्ध्याकरण गरिने र बाँकी घर पालुवा कुकुरलाई भने जुन सकै समय शाखामा ल्याई बन्ध्याकरण गराउन सकिने बताए ।


बजार क्षेत्र आसपासबाट कुकुरलाई नियन्त्रणमा लिई शिविर स्थलमा ल्याई बन्ध्याकरण गर्ने र उपचार पश्चात् नियन्त्रणमा लिएकै स्थानमा लगेर छाड्ने उहाँले बताउनुभयो । यो पटक एक सय कुकुरलाई बन्ध्याकरण गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।
कुकुरले मानिसहरुलाई टोक्ने, झम्टने गर्ने, विहान बेलुकाको समयमा एक्लै हिड्न समेत नसकिने अवस्था रहेकोले नगरले शिविर संचालन गरेको रामेछाप नगरपालिका वडा नं. ८ का वडाअध्यक्ष सन्तोष तामाङले बताए ।


केही समय पहिले छाडा कुकुरले खसी, बाख्रा र बंगुरलाई टोकेर समेत मारेका थिए । स्थानियहरुले छाडा कुकुर नियन्त्रण गर्न नगरपालिकालाई ध्यानाकर्षण पत्र समेत बुझाएका थिए । बन्ध्याकरण संगै शिविरमा कुकुरलाई लुत्तो र रेविज रोग विरुद्धको खोप पनि लगाइने छ । ५ दिने शिविर चैत्र २० गते सम्म संचालन गरिने छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button