लिखुकोशिमा डुबेर एक किशोरको मृत्यु

लिखुकोशिमा पर्ने जलजले वेसीमा नुहाउने क्रममा पानीमा डुबेर एक किशोरको मृत्यु भएको छ । बिहिबार दिउँसो १२ः १५ बजे नुहाउदै गर्दा रामेछाप नगरपालिका वडा नं ४ हिमगंगाका १७ वर्षका भिम बहादुर श्रेष्ठको मृत्यु भएको छ ।
समुहमा गएका ४ जनाको मध्ये ३ जना कोशिमा पौडी खेली पारी तरेका र मृतक श्रेष्ठ भने बेसीमा साबुन लगाई रहेका अवस्थामा पानीले खोज्ने क्रममा पानीमा डुवेका हुन सक्ने स्थानीय रत्न नेवार बताए । सोही स्थानमा पहिले यस्ता घटना घटेको नेवार वताए ।
मृतक श्रेष्ठ एसइईको परीक्षा दिएर साथीहरसगँ घर फर्कदै गरेका थिए ।
घटनाको अनुसन्धानको लागी साँघुटारबाट प्रहरी टोली घटनास्थल स्थल पुगेको र जिल्ला बाट मुजुल्काका लागी थप टोली घटनास्थल स्थल जाँदै गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button