छिमेकले दियो गाईभैसी पाल्ने तालिम
रामेछाप । छिमेक लघुवित्त वित्तीय संस्था लि. रामेछाप शाखाले ३ दिने आधारभूत गाईभैसी पालन तालिम सम्पन्न गरेको छ । जिल्लाको मन्थली न.पा–४,सालु स्थित श्री आधारभूत विद्यालय सामली स्थानमा छिमेकले तालिम प्रदान गरेको हो ।
गत चैत्र २० गते देखि २२ गते सम्म संचालन भएको तालिममा ९ पुरुष र ३६ महिला गरी ४३ जनाको सक्रिय सहभागिता रहेको थियो । छिमेकले संस्थामा आबद्ध गाइभैसी पालि रहेको सदस्यलाई लक्षित गरी तालिम आयोजना गरेको प्रशिक्षक निशान श्रेष्ठले बताए । प्रशिक्षक श्रेष्ठले भने – गाइभैसी पालनको महत्त्व, सम्भावना, चुनौती तथा सम्भावना बारे हामीले प्रशिक्षण दिएका हौँ । साथै व्यवस्थापनका पक्षहरू , हेरचाह र पशु चौपायाको स्वास्थ्य सम्बन्धी जानकारी समेत गराएका छौँ ।
बैंक तथा वित्तीय संस्थाको पहिचान, वर्तमान समयमा देखिएको समस्या र त्यसको समाधान बारे समेत जानकारी दिइएको शाखा प्रबन्धक लक्ष्मण शाहले बताए ।
व्यवसायलाई थप बिस्तार र विकास गर्न संस्था बाट प्राप्त तालिम तथा बिना धितो कर्जाले काम गर्न उत्साहित गरेको तालिममा सहभागीहरू रेष्मा खड्का र दिनेश भुजेलले बताए ।