मुटु र पेट सम्बन्धी शिविरमा ११९ जनाले लिए सेवा
रामेछाप । मन्थली, तामाकोशी अस्पतालमा मुटुको इको र पेट सम्बन्धी इन्डोस्कोपी स्वास्थ्य शिविर सम्पन्न भएको छ । शनिबार (२४ गते ) भएको स्वास्थ्य शिविरमा मुटुको इको ७७ जना र पेट सम्बन्धी इन्डोस्कोपी ४२ जना गरि जम्मा ११९ जनाले शिविर बाट सेवा लिएका छन् । विगत १५ वर्ष देखि स्वास्थ्य क्षेत्रमा सेवा दिदै आएको अस्पतालले २ महिनामा १ पटक पेट सम्वन्धी शिविर संचालन गर्दै आएको अस्पतालका अध्यक्ष गोविन्द प्रसाद घिमिरे जानकारी दिए । अधिकाशं विरामीहरु पेट सम्बन्धी रोग बाट ग्रसित हुने भएको हुदाँ शिविर संचालन गरेको घिमिरे बताए । उहाँले भन्नु भयो- शिविरमा आएका ४२ जना मध्ये ४० जनाले त औषधी नै खानुपर्ने भटिएका छन् । अस्पतालले काठमाडौंबाट सम्वन्धीत क्षेत्रका विज्ञ डाक्टरहरु द्धरा विगत देखि विभिन्न शिविरहरु संचालन गर्दै आइरहेको छ ।
शिविरमा ओखलढुंगा जिल्लाका बाट १० जना वालवालिकाहरुलाई आतेजाते व्यवस्था गरि सेवा प्रदान गरेको अस्पतालका डाक्टर सुमन कर्माचार्य बताए ।