रामेछापको खाँडादेवीमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यू

रामेछाप । जिल्लाको खाँडादेवी  गाउँपालिका वडा नं. ३ भिरपानीमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यू भएको छ । बा.८९प. ४३८२ न. को मोटरसाईकलका चालक अशोक कार्कीको उपचारको क्रममा सिन्धुलीको खाल्टे अस्पतालमा मृत्यू भएको प्रहरीले जनाएको छ ।

आज (सोमबार) १ बजेको समयमा काठमाण्डौ जादै गरेको मोटरसाईकल भिरपानी चारघरे चोक नजिकै आफै अनियन्त्रीत भई सडकबाट ५० मिटर तल खसेको थियो । दुर्घटनामा परेका चालक मन्थली नगरपालिका ३ कठजोर बस्ने कार्कीको टाउकोमा गहिरो चोट लागेको थियो ।

मोटरसाईकलमा  पछाडी सवार दोलाखा जिल्लाको मेलुंङ गाउँपालिका २ घ्याङ बस्ने सन्जित दर्जीको अवस्था भने सामान्य रहेको प्रहरी नायव उपरिक्षक प्रदीप कुमार सिंहले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button