मन्थली अस्पतालमा छैन रेबिजविरुद्धको भ्याक्सिन

रामेछाप । जिल्लाको मन्थली अस्पतालमा रेबिज रोग विरुद्ध प्रयोग गरिने एन्टी रेबिज भ्याक्सिनको अभाव भएको छ । सङ्क्रमित बाघ, स्याल, बाँदर जस्ता जङ्गली जनवार, भुस्याहा तथा घर पालुवा कुकुर, बिरालो लगायतले मानिसलाई टोकेमा रेबिज विरुद्धको सुई लगाउनुपर्ने हुन्छ । चिकित्सकहरूले आवश्यकता हेरि तीनदेखि पाँच भाइल सुई लगाउन सल्लाह दिने गरिन्छ ।
डा. केशव सिं धामीका अनुसार जाडोमा भन्दा गर्मी मौसममा जीवजन्तुहरूले मानिसहरूलाई बढी आक्रमण गर्ने गरेका कारण रेबिज विरुद्धको सुईको बढी आवश्यकता पर्ने गर्छ । मन्थली अस्पतालमा मात्रै वार्षिक १ हजार भ्याक्सिन आवश्यक पर्ने गरेको छ ।
मन्थली अस्पतालमा नगरका आसपासका गाउँपालिकाबाट पनि जङ्गली तथा घरपालुवा जनावरले टोकेका बिरामीहरू रेबिजविरुद्धको भ्याक्सिन लगाउन आउने गरेका छन् । तर, मन्थली अस्पतालमा औषधि नै छैन ।
मन्थली अस्पतालमा स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, बागमती प्रदेशले रेबिजविरुद्धको भ्याक्सिन नपठाउँदा रेबिजविरुद्धको भ्याक्सिन अभाव भएको मन्थली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख केशव फुयाँल बताउँछन् । फुयाँलले भने – स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले रेबिजविरुद्धको भ्याक्सिन नपठाए पनि नगरपालिकाले आफै खरिद गरेर भए पनि रेबिजविरुद्धको भ्याक्सिन अस्पतालमा राखिनेछ । नगरपालिकाले तत्काल रेबिजविरुद्धको भ्याक्सिन खरिद गर्नेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button