संरक्षण विहीन भयो बिटार पार्क

रामेछाप । स्थानीय निकायको बेवास्ताका कारण रामेछापको रामेछाप नगरपालिका वडा नं –८ मा निर्मित बिटार पार्क संरक्षण विहीन वनेको छ ।
विगत ५ वर्ष अघि भएको लकडाउनका वेला मानिसहरूलाई दिन कटाउन र मनोरञ्जन लिन सहज होस भन्ने उद्देश्यले रामेछापका सहयोगी मनहरूको सक्रियतामा विभिन्न दातृहरूको सहयोगमा निर्मित यस पार्क स्थानीय निकायहरूको बेवास्ताकाकारण संरक्षण विहीन वनेको हो ।
रामेछाप र मन्थली नगरपालिकाको सिमाना तथा रामेछाप नगरपालिकाको वडा नं –८ मा पर्ने उक्त पार्क संरक्षणका लागि रामेछाप नगरपालिकाले मन्थली नगरपालिकालाई र मन्थलीले रामेछाप नगरपालिकालाई देखाउने गरेकोले यहाँको पार्क संरक्षण हुन नसकेको हो ।
विभिन्न दातृ निकायहरूसँग चन्दा मागेर करिब १ करोडको लगानीमा विभिन्न संरचनाहरू बनाइएको भएपनि संरक्षणको अभावमा यहाँ निर्माण गरिएका संरचनाका सामानहरू नासिने र हराउने गरेको विपिन भट्टराई बताउँछन् ।
विटार पार्कमा घुम्ने, रमाउने र मनोरञ्जन लिने धेरै चिजबिजहरू भएतापनि यसको संरक्षणको पहल कदमी स्थानीय निकायले अझै पनि नगर्ने हो भने भएका संरचनाहरू लथालिङ्ग हुने अवस्था रहेको पनि उनले बताए ।
पार्कमा भ्यूटावर, बालबालिकाहरूका लागि खेल्ने बाल उद्यान सामाग्री, जिम गर्ने सामाग्री, धरहराको नमुना, वीरताको प्रतीक, लक्ष्मी प्रसाद देवकोटाको अर्ध कदको सालिक, हिउँ परेको हिमाल, आइ लभ रामेछापको लखिएको पानको पात लगायतका धेरै चिजबिजहरू भएपनि यहाँ नजिकै चिया चमेना गृह नहुनु, खानेपानीको व्यवस्था नहुनु र रोपिएका फुलहरू र बोटबिरुवाहरू समेत नासिनुले यसको महत्त्व घट्दै गएको स्थानीय नारायण घिमिरे बताए ।
उनले भने– तत्कालका लागि “नगरपालिकाले पार्क रेखदेखका लागि एउटा कर्मचारी दिने हो भने पार्क बाट नगरको आम्दानी पनि हुने र पार्कको संरक्षण पनि हुने थियो ।
रामेछाप नगरपालिका र मन्थली नगरपालिकामा यसको संरक्षण गर्न पटक पटक अनुरोध गर्यौे तर कतै बाट यसको सुनुवाइ भएन– स्थानीय बद्री प्रसाद घिमिरेले बताए ।
रामेछाप नगरपालिकाकी उप–प्रमुख बाल कुमारी कार्कीले नगरको पार्क संरक्षण गर्ने जिम्मेवारी आफ्नो पालिकाको पनि भएको भन्दै अबको आर्थिक वर्षका लागि योजना तर्जुमा गर्दा विटार पार्कलाई संरक्षण र सम्बद्र्धन गर्ने गरी योजना निर्माण गरिने बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button