आई पुग्यो एन्टी रेबिज भ्याक्सिन

रामेछाप । जिल्ला अस्पताल रामेछापले रेबिज रोग विरुद्ध प्रयोग गरिने एन्टी रेबिज भ्याक्सिन ल्याई पु¥याएको छ । स्वास्थ्य सेवा विभाग टेकुले एन्टी रेबिज भ्याक्सिन पठाउन ढिला गरेपछि भैपरि आउने नागरिकको समस्यालाई मध्य नजर गर्दै अस्पतालले आफै टेकु पुगेर भ्याक्सिन ल्याएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट केशव श्रेष्ठले बताए ।
उनले भने– रामेछापमा एन्टी रेबिज भ्याक्सिन अभावका कारण अब नागरिकलाई कुनै समस्या हुँदैन । हामीले स्वास्थ्य सेवा विभाग टेकुसँग बिन्ती गरेर ५० भाईल एन्टी रेबिज भ्याक्सिन ल्याएका छौँ ।
यता मन्थली अस्पतालमा भने मन्थली नगरपालिकाले खरिद गरेर एन्टी रेबिज भ्याक्सिन ल्याएको छ । मन्थली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख केशव फुयाँलका अनुसार नगरपालिकाले अस्पताललाई २० भाईल एन्टी रेबिज भ्याक्सिन खरिद गरेर दिएको छ ।
सङ्क्रमित बाघ, स्याल, बाँदर जस्ता जङ्गली जनवार, भुस्याहा तथा घर पालुवा कुकुर, बिरालो लगायतले मानिसलाई टोकेमा रेबिज विरुद्धको सुई लगाउनुपर्ने हुन्छ । चिकित्सकहरूले आवश्यकता हेरि तीनदेखि पाँच भाईल सुई लगाउन सल्लाह दिने गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button