घर जल्दा एक महिलाको मृत्यु

रामेछाप । जिल्लाको रामेछाप नगरपालिका ८ चौकीटारमा घर जल्दा एक महिलाको मृत्यु भएको छ । बिहिबार दिउँसो वनमा लागेको आगो घरमा सल्किँदा ३२ वर्षकी रमिता तामाङ्गको मृत्यु भएको हो ।
दुई वटा खरको छानो भएको घरमा आगो लाग्दा एक महिलाको मृत्यू भएको वडा नं ८ का वडाअध्यक्ष सन्तोष कुमार तामाङ्गले बताए । उनको अनुसार आगलागीले मानविय तथा पशु चौपायामा ठुलो क्षती भएको छ । ४८ वटा बाख्रा पनि आगोमा जलेर मरेको वडाअध्यक्ष तामाङ्गले बताए ।
महिलाको शरिर पूर्ण रुपमा जलेको छ । घटना स्थलको अवस्था निकै भयावह रहेको वडाअध्यक्ष तामाङ्गले बताए । मृतकको शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको बताइएको छ ।