गोलन्जोरमा अस्पताल भवन बन्दै

सिन्धुली । जिल्लाको गोलन्जोर गाउँपालिकामा ५ शैयाको अस्पताल भवन बन्ने भएको छ । नयाँ बन्ने सुविधा सम्पन्न भवनको शुक्रवार गाउँपालिकाका अध्यक्ष शङ्कर राज बरालले शिलान्यास गरे ।
पालिकामै सुविधा सम्पन्न अस्पताल बन्नु खुसीको कुरा भएको भवन शिलान्यास कार्यक्रममा बोल्दै अध्यक्ष बरालले बताए । अस्पताल बनेपछि अरू जिल्लाका पनि धेरै बिरामीले फाइदा लिने उनले बताए।
अस्पताल भवन सम्पन्न भएपश्चात् स्वास्थ्य सेवामा महत्त्वपूर्ण उपलब्धि हासिल हुने गाउँपालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपाने(पुकार) ले बताए ।
१८ महिनामै अस्पताल भवन निर्माण सम्पन्न भएर पालिकालाई हस्तान्तरण गरिने अस्पताल भवन निर्माणमा सहयोग गरेको संस्था ब्याक टु लाइफका निर्देशक डिकेन्द्र ढकालले बताए । देशका विभिन्न ठाउँहरूमा ब्याक टु लाइफले अस्पताल भवन निर्माण गरेको उनले बताए ।
गाउँपालिकाको ग्वाल्टार हेल्थपोस्ट परिसरमा अस्पताल भवन निर्माण हुन लागेको हप । ६ करोड ७६ लाख रुपैंया बराबरको लागतमा अस्पताल भवन निर्माण सुरु गरिएको छ ।