शिविरका कारण सार्वजनिक सुनुवाई प्रभावकारी

रामेछाप । शिविरका कारण मन्थली नगरपालिका वडा नं ९ को पुराना गाउँमा संचालन गरिएको सार्वजनिक सुनुवाई प्रभावकारी भएको छ ।
आईतबार नगरको वडा नं ९ स्थित पुराना गाउँमा संचालन गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयको उल्लेखनिय उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित भएका स्थानियहरुले खानेपानी, सडक विजुलि, शिक्षा र स्वास्थ्यको अवस्था र नगर र वडाले सुधार गर्नु पर्ने पक्षका कुरा उठाएका थिए ।
स्थानिय सरकारहरुले गर्ने गरेको अधिकाँश सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानिय हरुको चासो घट्दै गएका कारण मन्थली नगरले आफनो सार्वजनिक सुनुवाई कार्यक्रम संगै उक्त ठाउँमा एक दिने मानिस र पशु स्वास्थ्य तथा कृषि विउ विजन वितरण शिविर संचालन गरेका कारण सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयको उल्लेखनिय उपस्थिति देखिएको हो ।
नगरपालिकाले चालु आव ०८०÷०८१ को कार्यक्रम अन्र्तगत गत साउन देखि चैत १ गते सम्म नगरले गरेको काम र प्रगतिका वारेमा सार्वजनिक सूनुवाई कार्यक्रम मार्फत वाहिर ल्याउने प्रयास गरेको थियो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरि प्रसाद चापागाईले नगरले सबै वडामा गरेको विवरण प्रस्तुत गर्दे सेवा प्रवाहमा कोहि कसैलाई चित्त नवुझेर नगरको विकास निर्माण र शुसासनका सवालमा समस्या देखिएको भन्दै खुलेर प्रश्न सोध्नका लागि पनि आग्रह गरेका थिए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा नागरिकहरुले खानेपानी,सडक शिक्षा र स्वास्थ्य संगै कृषि र रोजगारिका अवस्थाका बारेमा पनि खुलेरै प्रश्न गरेका थिए । सो क्रममा उठेको सवालहरुको जवाफ नगर प्रमुख लब श्रेष्ठ,उप प्रमुख ईश्वरी बस्नेत र प्रमुख प्रशासकिय अधिकृत हरि प्रसाद चापागाँईले दिएका थिए ।
वडा नं ९ का वडा अध्यक्ष गोकर्ण राज आरनको अध्यक्षतामा भएको उक्त सार्वजनिक सुनुर्वाइ कार्यक्रममा उप प्रमुख ईश्वरी बस्नेत, नगरका प्रवक्ता गोपाल श्रेष्ठ वडा नं २, ३ र ७ नंका वडा अध्यक्ष क्रमश सुरेन्द्र कार्कि कृष्ण गोपाल श्रेष्ठ र भुवनहरी प्रसाईले पनि जवाफदेहि वक्ताका रुपमा आ आफनो धारणा राखेका थिए । कार्यक्रमको जवाफदेहि बक्ता र प्रमुख अतिथिका रुपमा रहेका नगर प्रमुख लव श्रेष्ठले नगरले शुसासन, गुणस्तरियता, पारदर्शिता र जवाफ देहितामा नगरको अवस्था मापन गर्नका लागि सार्वजनिक सुनुवाई कार्यक्रम गरेको जानकारी गराए । उनले नगर र वडाको सेवा प्रवाह, शुसासन र पारदर्शितामा कुनै पनि कमि हुन नदिने भन्दै शुसासन प्रवाहमा सकभर कुनै पनि किसिमको कमजोरी हुन नदिने बताए । उनले नागरिक सचेत नभए सम्म शुसासन र पारदर्शिताको नाराले सार्थकता नपाउने भन्दै त्यसको लागि आवश्यक सहयोग गर्न पनि नगरवासिहरुलाई आग्रह गरे ।
कार्यक्रममा नगरपालिकाले नागरिकहरुका लागि विशेषज्ञ सेवा पशु सेवा र कृषि सेवाका लागि पनि ३ वटा शिवीर चलाएको थियो । उक्त शिविरमा ४ सय भन्दा बढि सेवाग्राहि हरुले सेवा लिएको वडा सचिव रमेश सुवेदीले बताए । कार्यक्रममा नगरले आफनो सवै शाखाका प्रमुख हरुलाई पनि जवाफदेहि बक्ताका रुपमा सहभागि गराएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button