जीवनस्तर सुधार्दै जीवन विकास

रामेछाप । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले नागरिकको जीवनस्तर सुधारका लागी सहयोग गर्दै आएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत संजय कुमार मण्डलले अरू लघुवित्त भन्दा फरक जीवन विकासले काम गर्दै आएको सुनाए। रामेछाप नगरपालिका ९ ल्याङ्गल्याङ्गमा भिमसेनस्थान शाखाको आयोजनामा भएको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रममा बोल्दै उनले सो कुरा बताए।
आफ्नो वडामा जीवन विकासले निकै राम्रो काम गरेको रामेछाप नगरपालिका ९ का वडाध्यक्ष चन्द्र बहादुर श्रेष्ठले बताए । वडाको सबै टोल बस्तीको हरेक घरहरूमा पुगेर संस्थाले सेवा दिइरहेकोले वडाले यो संस्थासँग मिलेर महिला उद्यमशीलता र स्वरोजगारका कार्यक्रमहरू सञ्चालन गर्ने योजना रहेको सुनाए ।
जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका तालिम विभाग प्रमुख रन्जना निरौलाले संस्थाले गरिरहेको काम र वित्तीय साक्षरता सम्बन्धी विभिन्न कुराहरूको बारेमा जानकारी गराइन् । यस संस्थाले गरिब तथा विपन्न परिवारका बालबालिकालाई निःशुल्क ट्युसन कक्षा सञ्चालन गर्दै आएको निरौलाको भनाई छ । संस्थाले विद्यालयमा पढ्दै कमाउँदै कक्षा समेत सञ्चालन गर्दै आएको छ । महिलाहरूलाई आत्मनिर्भर बनाउने र उद्यमशीलता विकास सम्बन्धी धेरै कामहरू संस्थाले गरेको तालिम विभाग प्रमुख निरौलाले बताइन् ।
साथै भीमेश्वर आधारभूत विद्यालय ल्याङ्गल्याङ्गका ५ जना गरिब तथा विपन्न परिवारका विद्यार्थीलाई एक वर्षको विद्यालय शुल्क,विद्यालय पोसाक र शैक्षिक सामाग्री संस्थाले उपलब्ध गराउने घोषणा समेत गरेको छ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत संजय कुमार मण्डलको प्रमुख आतिथ्यता र शाखा कार्यालय भिमसेनथानका प्रमुख जीवन कुमार राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button