खाँडादेवीमा निशुल्क कफी वारिष्टा तालिम सुरु

रामेछाप । जिल्लाको खाँडादेवी गाउँपालिका वडा नं. ५ मा निशुल्क कफी वारिष्टा तालिम सुरु भएको छ । सामुदायिक विकास समाज मन्थलीद्वारा सञ्चालित व्यावसायिक सीप र कृषि तालिम मार्फत रोजगारी सिर्जना तथा उद्यमशिलता प्रबर्धन परियोजनाको आयोजनामा १८ दिने निशुल्क कफी वारिष्टा तालिम बुधवार उद्घाटन भएको हो ।
खाँडादेवी गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष मनोज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा खाडादेवी गाउँपालिकाको कार्यवाहक अध्यक्ष रमा घिसिङले तालिम उद्घाटन गरेकी हुन् । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गौरव राज के.सी. लगाएतको उपस्थिति रहेको थियो । तालिममा खाँडादेवी गाउँपालिकाका २२ जना युवाहरूको उपस्थिति रहेको कार्यक्रम संयोजक सुकराम घिसिङले जानकारी दिए ।
त्यस्तै सोही परियोजना अन्तर्गत खाँडादेवी गाउँपालिका वडा नम्बर ७, खाडादेवी मन्दिर आसपासमा दिने निशुल्क होम स्टे कुक तालिम उद्घाट्न भएको घिसिङले जानकारी दिए । तालिममा २० जनाको सहभागिता रहेको छ ।
सामुदायिक विकास समाज जिल्लामा लामो समय देखि सामाजिक क्षेत्रमा काम गर्दै आएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button