मिडियाको भूमिका तथा चुनौतीका विषयमा अन्तरक्रिया

रामेछाप । नेपाल प्रेस युनियनको ३३ ओैँ स्थापना दिवसको अवसरमा नेपाल प्रेस युनियन रामेछापले मिडियाको भूमिका तथा चुनौतीका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिकी प्रमुख चिना खड्काले पत्रकारको मुख्य भूमिका सरकारका तर्फबाट तथा अन्य क्षेत्रबाट हुने गरेका कमीकमजोरीलाई पनि सुधार्नका लागि खबरदारी गर्नुपर्ने उल्लेख गरिन ।
राज्यलाई सङ्कट परेकाबेला मिडिया आवश्यक पर्ने मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले बताए । उनले भने– खोज पत्रकारिता तथा अनुसन्धानमूलक पत्रकारितामा जोड दिन आग्रह गर्दै आफ्ना गल्तीका समाचारहरू बाहिर ल्याउन पत्रकारहरूलाई आग्रह गरे ।
कार्यक्रममा नेपाली काँग्रेस रामेछापका उपसभापति लेखबहादुर कार्की, नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका कोषाध्यक्ष रमेश ढुङ्गेल, महासङ्घ रामेछापका अध्यक्ष एवं प्रेस युनियन रामेछापका पूर्व अध्यक्ष बद्री नयाँघरे, प्रेस युनियन केन्द्रीय सदस्य रिता मगर, महासङ्घका पूर्व अध्यक्ष हिमाल ढुङ्गेल ,जनजाति पत्रकार महासङ्घ (फोनिज) बागमती प्रदेशका अध्यक्ष युवराज श्रेष्ठ,प्रेस युनियनका निवर्तमान अध्यक्ष अप्रिल अधिकारी , प्रेस चौतारी बागमती प्रदेश सदस्य लेखबहादुर बि क, नेविसंघ रामेछापका सभापति विनोद बुढाथोकी, ट्रेड युनियन काँग्रेस रामेछापका सचिव लालसिंह तामाङ लगायतले शुभकामना दिए ।
कार्यक्रम नेपाल प्रेस युनियन रामेछापकी अध्यक्ष ज्ञानु श्रेष्ठको अध्यक्षमा भएको थियो । कार्यक्रममा जिल्ला स्थित क्रियाशील पत्रकार तथा प्रेस युनियन रामेछापका सदस्यहरूको सहभागिता थियो ।