सडेगलेको अवस्थामा पुरुषको शव फेला

रामेछाप । रामेछाप नगरपालिका वडा नं १ गोठगाउँमा एक पुरुषको शव सडेगलेको अवस्थामा भेटिएको छ । मृत भेटिएको सुजन बुढाथोकीको शवलाई मन्थली अस्पतालमा ल्याएर पोस्टमार्टम गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको हो ।
घरमा झुन्डिएकै अवस्थामा सडेगलिसकेको शव शनिवार फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी एवं प्रवक्ता कौशल न्यौपानेले बताए ।
झुन्डिएर मृत अवस्थामा भेटिएको बुढाथोकीको सबसँगै एकथान मोबाइल, गत जेठ १७ गतेको बसको टिकट केही पैसा, नागरिकता लगायतका सामाग्री समेत प्रहरीले फेला पारेको छ । काठमाडौँमा केही समय अगाडि सात लाख रकम लिएर हिँडेको अनुसन्धानबाट खुलेको र घटना बारे थप अनुसन्धान सुरु गरिएको प्रहरीका प्रवक्ता न्यौपानेले बताए । उक्त नगद नभेटेपछि घटना रहस्यमय र हत्या भएको हुन सक्ने भन्दै प्रहरीले अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button