संस्कृति संरक्षणका लागी पञ्चेबाजा बजाउने तालिम

रामेछाप । पञ्चे बाजा संरक्षणका लागि जिल्लाको दोरम्बा शैलुङ गाउँपालिकाले महिलाहरूलाई पञ्चेबाजा बजाउने तालिम दिइएको छ । गाउँपालिकाले पालिकाका १५ जना महिलाहरूलाई पञ्चेबाजा बजाउने तालिम दिन सुरु गरेको छ ।
रैथाने संस्कार, संस्कृति र परम्परा जोगाउन महिलालाई पनि जिम्मेवारी दिन पञ्चेबाजा बजाउने तालिम दिएको गाउँपालिकाका अध्यक्ष मैन कुमार मोक्तानले बताए । दोरम्बा शैलुङ गाउँपालिकामा बाजा बजाउनेहरूको समेत कमी भएकाले समेत पञ्चेबाजा संरक्षण गर्नु अत्यावश्यक भएको अध्यक्ष मोक्तानले थपे ।
संस्कार, संस्कृति र परम्परा जोगाउने सवालमा महिलाको मुख्य भूमिका रहने भएकोले पालिकाका महिलाहरूलाई पञ्चेबाजा बजाउने तालिम सञ्चालन गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेश महतोले बताए ।
असार ०३ गते सोमबार देखि १२ गते सम्म १० दिन सञ्चालन दिन सम्म पञ्चेबाजा बजाउन तालिम दिएको कार्यपालिका सदस्य तथा कार्यक्रमकी अध्यक्षता गरेकी रिता महतेले बताइन् । उनका अनुसार गाउँपालिकाको महिला बालबालिका तथा सामाजिक विकास शाखाको ३ लाख ५० हजार रुपैयाँ बजेटबाट पञ्चे बाजा बजाउने तालिमको व्यवस्था गरेको हो ।
महिलालाई समेत तालिम दिएर पालिकाले संस्कृति संरक्षणमा योगदान दिएकोमा खुसी लागेको पञ्चेबाजा तालिममा सहभागी आर्जु विश्वकर्माले बताइन् ।
पञ्चे बाजा बजाउने पुरुषहरू अन्य रोजगारमा शहर जाने भएकाले पनि गाउँमा पञ्चे बाजा बजाउनेहरूको अभाव थियो । तालिम लिए पछि हामी पञ्चेबाजा बजाउन सक्ने हुनेछौँ । जसका कारणले संस्कृति संरक्षणमा योगदान पु¥याउन सक्छौ भन्ने सोचेका छौँ – तालिममा सहभागी सजिता महतेले बताइन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button