विद्यार्थीको समस्या सुन्न विद्यार्थी सँग जनप्रतिनिधि र सुरक्षाकर्मी

रामेछाप । जिल्लाको गोकुलगंगा गाउँपालिकाका माध्यमिक विद्यालयहरूमा विद्यार्थीसँग जनप्रतिनिधि तथा सुरक्षाकर्मी कार्यक्रम सुरु भएको छ । मङ्गलवारबाट सुरु भएको बिद्यार्थीहरुको गुनासोको सवाल जबाफ हुने कार्यक्रम पालिका भित्रका ७ वटा माध्यमिक विद्यालयहरूमा हुने आयोजक संस्थाले जानकारी दिएको छ ।
बिद्यार्थीहरुको सवाल र सम्बन्धित पक्षको जबाफमा सम्बन्धित वडाका वडा अध्यक्ष, व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक , जिल्ला प्रहरी कार्यालय प्रतिनिधिको उपस्थिति भएको थियो । सुधार गर्नु पर्ने विषय बस्तुहरूमा विद्यार्थीको सवालमा छिट्टै सुधारको बाटोमा लागिने सम्बन्धीतवक्ताबाट जवाफ आएको थियो ।
मङ्गलवार गाउँपालिका वडा नं. ६ फर्पुको श्री मावि फर्पु र ४ नं. वडा बेतालीको जनजागृत माविमा उक्त कार्यक्रम सञ्चालन भएको थियो । श्री माध्यमिक विद्यालय फर्पुमा भएको कार्यक्रममा वडा अध्यक्ष चन्द्र बहादुर सुनुवारको र प्रधानाध्यापक राजकुमार खड्का लगायत जबाफदेही वक्ताको रूपमा उपस्थित थिए । ४ नं. वडा बेतालीको जनजागृत माध्यमिक विद्यालयको कार्यक्रममा सोही वडाका अध्यक्ष रामचन्द्र बस्नेत, प्रधानाध्यापक गोबिन्द खत्री जबाफदेही वक्ताको रूपमा उपस्थित थिए । दुवै कार्यक्रममा जिल्ला प्रहरी कार्यालयको तर्फबाट जबाफदेही वक्ताको रूपमा जिल्ला प्रहरी कार्यालय रामेछापका इन्स्पेक्टर दीपक थापा उपस्थित थिए ।
कार्यक्रमको सहजीकरण सागर बोहराले गरेका थिए । सामुदायिक विद्यालयमा नागरिक प्रतिको वितृष्णालाई कम गर्न र विद्यार्थीहरूको समस्यालाई हाकाहाकी सम्बन्धित पक्ष सम्म पु¥याउन कार्यक्रम आयोजना गरिएको बोहराले बताए ।
कार्यक्रम गाउँपालिकाको सहयोगमा विनायक मल्टी स्किल बिजनेस प्रालिको आयोजना गरेको थियो । कार्यक्रममा कक्षा ६ देखि १२ सम्मका बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button