बिर्तामा बस दुर्घट्ना हुदाँ १० जना घाईते, थप उपचारका लागि धुलीखेल अस्पताल रिफर गरियो

रामेछाप । जिल्लाको लिखु तामाकोशी गा.पा.वडा नं.६ बिर्ता भन्ने स्थानमा बस दुर्घटना भएको छ । दुर्घटना हुदाँ १० जना घाईते भएका छन् । गैरीबाट मन्थली तर्फ आउदै गरेको बा ५ ख ५६२५ नं.को यात्रु बहाक बस शुक्रबार विहान ८ः४५ बजे दुर्घटना भएको छ । बस सडक बाट अन्दाजी २५ मिटर खसेको छ । घाईते हुने हरुमा बस चालक सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गा.पा. ५ बस्ने पिस्करका यादव खत्री, दोलखा भिमेश्वर न.पा. ५ बस्ने सवारी धनी दिपक श्रेष्ठ, रामेछापको लिखु तामाकोशी गा.पा.६ बस्ने सबिना श्रेष्ठ, निजको छोरी १ बर्ष कि सुजता श्रेष्ठ, सोही स्थान बस्ने साबित्रा घिमिरे, मान बहादुर श्रेष्ठ, टेक बहादुर श्रेष्ठ, झलक बहादुर श्रेष्ठ, शंख कुमारी तामाङ र सकुन्तला श्रेष्ठ रहेका छन् । घाईतेहरुको उपचारका लागि मन्थली अस्पताल लगिएको थियो भने थप उपचारका लागि घाईते १० जनालाई नै धुलिखेल अस्पताल रिफर गरिएको मन्थली अस्पतालका डाक्टर केशव सिं धामीले जानकारी दिए ।
बसको बायाँ साइडको टायर माटो फिलिङ गरेको कच्चि सडकको बायाँ भागमा फसी सडक भासिदा दुर्घटना भएको प्रहरी जनाएको छ । बस रुखका कारण रुखमा अड्किदा क्षेति कम भएको हो । प्रहरी चौकी खिम्ती तथा जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएका प्रहरी टोली र स्थानियहरुको सहयोगले घाइतेलाई उद्दार गरिएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button