तामाकोशी नदीमा हाम फाल्दा एक महिला वेपत्ता

दोलखा । जिल्लाको भीमेश्वर नगरपालिका वडा नं. ५ तामाकोशीे पुल नजिक तामाकोशी नदिमा महिला हाम फाल्दा बेपत्ता भएकी छिन् । अन्दाजी ५०÷५५ वर्ष की महिला बाग्मती प्रदेश १००० छ ५६१७ नम्बरको अरनिको यातायात बसमा काठमाडौँ जडिबुटी बाट दोलखाको गाईखुरा जाने बस चडेकी थिईन् । शनिबार दिउँसो २ः५५ बजे बसबाट तामाकोशी बजारमा झरेकी महिला केही समय पछि तामाकोशी नदीमा गएर हाम फालेको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ । बेलुकी ६ः४० बजे सम्ममा महिलाको परिचय खुल्न नसकेकोे प्रहरीले जानकारी दिएको छ ।
‘एक्कासी महिला पानीमा डृबेपछि १ मिनेट सम्म पानीमा पैडिखेले जसरी बगायो पछि २ वटै हात हल्लाएर मान्छे बोलाए जस्तो गरे पछि घुमाउनेमा डुबाए पछि केही बेर हसाए पछि घोप्टो पारेको अवस्थामा महिलालाई बगायो’ प्रत्यक्षदर्शी राजन प्रसाद ढुंगेलले जानकारी दिए । स्थानीयले बचाउन खाज्दा बचाउन नसकीएको ढुंगेलको भनाई छ । रामेछाप घर भएका ढुंगेल जिरीबाट फर्कदै रहेका थिए । बेपत्ता महिलाको प्रहरी टोली र स्थानीय द्धरा खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button