धोबी बजारमा वृक्षारोपण

रामेछाप । जिल्लाको लिखुतामाकोशी गाउँपालिकाको केन्द्र धोबी बजारमा बिरुवा रोपिएको छ । धोबी बजार व्यवस्थापन समिति तथा स्थानीय व्यापारीको आयोजनामा बिरुवा रोपिएको हो । बिरुवा रोप्ने कार्यक्रमका लागी लिखुतामाकोशी गाउँपालिकाले आर्थिक सहयोग गरेको हो ।
लिखुतामाकोशी गाउँपालिकाका अध्यक्ष केशव महत तथा वडा नम्बर ३ का वडा अध्यक्ष गोपाल राज तामाङको उपस्थितिमा बिरुवा रोपिएको छ । स्ट्यान्ड सहित गमलामा फुल तथा बिरुवा रोपिएको पालिकाले जनाएको छ । स्थानीयले आफ्नै मनको कुरा माग गरेकोले आवश्यक सामाग्री पालिकाले उपलब्ध गराएको पालिका अध्यक्ष केशव महतले बताए ।
लिखुतामाकोशीले यसै आर्थिक वर्षमा धोबी बजार आसपास सडक कालोपत्रे भयपछि सडक सजावटमा जुटेको स्थानीय लक्ष्मण खड्का बताउँछन् । सडक राम्रो देखियो अब पर्यावरणमा समेत ध्यान पु¥याउन बिरुवा रोपिएको उनले बताए ।
धोबी बजारमा ४० थान स्ट्यान्ड , माटोको गमला सहित फुल रोप्ने काम सम्पन्न गरिएको छ ।