सुनापति गाउँपालिका द्धरा सार्वजनिक सुनुवाई सम्पन्न

रामेछाप । जिल्लाको सुनापति गाउँपालिका द्धरा चालु आर्थिक वर्ष २०८०÷८१ मा सञ्चालन भएका विकास निर्माण र सेवा प्रवाहका बारेमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।
सोमबार सम्पन्न भएको सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाले प्रवाह गरिरहेको सेवा तथा विकास आयोजनाहरुको अवस्थाका बारेमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिलकृष्ठ श्रेष्ठले जानकारी गराएका थिए ।
चालु आर्थिक वर्षमा गाउँपालिकाको संस्थागत विकास तथा सुशासनको क्षेत्रमा भएका गरेका कार्य, आर्थिक तथा सामाजिक विकास, पूर्वाधार विकास, विपद् व्यवस्थापन र न्यायिक समिति लगायत विभिन्न क्षेत्रमा भएका प्रगतिको बारेमा जानकारी समेत गराएका थिए ।

सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागि नागरीकहरुले पुर्वाधार निर्माण, शिक्षा, कृषि, खानेपानी लगायतका विषयलाई लक्षित गरि प्रमुख र प्रमुख प्रशासकिय अधिकृत संग सवाल जवाफ गरेका थिए । नागरीकहरुले उठाएको प्रश्नको जवाफ पालिकाका प्रमुख ठुलो कान्छा तामाङ्ग, उपप्रमुख गिता विष्ट र प्रमुख प्रशासकिय अधिकृत दीलकृष्ण श्रेष्ठले दिएका थिए ।
गाउँपालिका प्रमुख ठुलो कान्छा तामाङ्गले पालिकाले गरेको कामहरुमा नागरीहरुले जति बेला र जुनसुकै समयमा पनि सुझाव दिन सक्ने भन्दै सम्वृद्ध सुनापति बनाउने कुरामा आफुहरुबाट कुनै पनि कमी कम्जोरी नहुने भन्दै त्यसको लागि सबै राजनितिक दल र नागरीकहरुको साथ सहयोग अपरिहार्य रहेको पनि उनले बताए ।
प्रहार मिडिया प्रा लि को आयोजनामा भएको कार्यक्रममा आयोजको तर्फबाट रामचन्द्र विक र कैलाश खत्रीले सहजीकरण गरेका थिए । सार्वजनिक सुनुवाई कार्यक्रममा उपाध्यक्ष गिता विष्ट, ५ वटै वडाका वडा अध्यक्षहरुले जिम्मेवार बक्ताको रुपमा आफनो धारणा राख्दै पालिकाको दिगो विकासर शुसासनका लागि आफुहरुले कुनै पनि कमि हुुन विदाको दिनमा समेत जनताको काम गरेकोले अवको दिनमन अझ प्रभावकारी रुपमा सेवा गर्ने प्रतिवद्धता समेत ब्यक्त गरेका थिए । सार्वजनिक सुनुवाई कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष बद्री नयाँघरे लगायत जिल्लाका मिडियाहरु ठुलो संख्यामा उपस्थिति रहेको थियो ।
सोहि अवसरमा गाउँपालिकाले आ.व. २०८०÷८१ मा सबै भन्दा राजश्व संकलन गर्ने वडा नं १ वडा कार्यालय, सबै भन्दा बढि कर तिर्ने व्यक्तिगत ÷ संस्थागत करदाता, उपभोक्ता समिति, र तोकिएको समय भन्दा अघि योजना सम्पन्न गर्ने निर्माण व्यवसायीलाई सम्मान गरेको थियो । सम्मानीत हुने हरुलाई गाउँपालिकाका प्रमुख ठुलो कान्छा तामाङ्ग, उपप्रमुख गिता विष्ट र प्रमुख प्रशासकिय अधिकृत दीलकृष्ण श्रेष्ठले प्रमाण पत्र हस्तान्तरण गरि सम्मान गरेका थिए ।




