५९ लाखको भात पचाउन २ पानाको विज्ञप्ति

रामेछाप । एक आर्थिक वर्षमा खाना खाजामा मात्रै ५९ लाख ७२ हजार २६ रुपैंया खर्च गरेका खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञान कुमार श्रेष्ठले आफ्नो गल्ती ढाकछोप गर्न ’म चोखो छु, सुद्ध छु’ भनेर देखाउन विज्ञप्ति जारी गरेका छन् । उनको विज्ञप्ति हेर्दा लाग्छ– यो संसारमा अरू कसैलाई केही थाहा छैन, मात्र थाहा छ त ज्ञानकुमार श्रेष्ठलाई ।
अध्यक्ष ज्ञानकुमारका ज्ञानका भण्डार मिश्रित विज्ञप्तिले महालेखाको परीक्षणलाई समेत गलत देखाएको छ । उनले विज्ञप्तिमा– क्वाटर व्यवस्थापन खर्च भनी हेडिङ नै जस्तो गरी भ्रम सृजना हुन सक्ने गरी महालेखाको परीक्षणमा लेखिनुमा के आशय छ भन्ने सहजै बुझिन्छ भनेर लेखेका छन् ।
’क्वाटर व्यवस्थापन खर्च भनी हेडिङ नै जस्तो गरी भ्रम सृजना हुन सक्ने गरी महालेखाको परीक्षणमा लेखिनुमा के आशय छ भन्ने सहजै बुझिन्छ ।’, यो भनेको के हो ? कतै अध्यक्ष ज्ञानकुमारले महालेखाले पनि आफूले जस्तै ’व्यवस्थापन खर्च’ खोजेको भनेर आरोप लगाएका त हैनन् ? अध्यक्ष ज्ञानकुमारको विज्ञप्ति अनुसार महालेखाको परीक्षणको प्रतिवेदन नै गलत छ भन्ने आशय देखिन्छ । के महालेखाको परीक्षणको प्रतिवेदन नै गलत हो त ?
महालेखापरीक्षकको कार्यालयले गरेको परीक्षणमा अध्यक्ष ज्ञानकुमारले आर्थिक वर्ष २०७९÷०८० मा क्वाटर व्यवस्थापन गर्न ५९ लाख ७२ हजार २६ रुपैंया खर्च गरेको प्रष्ट लेखिएको छ । महालेखाको परीक्षणले लेखेको छ – क्वाटर व्यवस्थापन खर्च गाउँपालिका प्रमुखको कार्यकक्ष क्वाटर तथा क्यान्टिन व्यवस्थापनका लागी सिधै खाजा तथा खाना तथा अन्य फुटकर खर्चका बिल संलग्न गरी भुक्तानी दिने गरेको देखिएको छ । उक्त कार्यका लागी पदाधिकारी अन्य सुविधा शीर्षकबाट रु ९ लाख ४१ हजार १८२ विविध खर्च शीर्षक बाट १० लाख १८ हजार ४ सय ४३ र कन्टिजेन्सि बाट ४० लाख १२ हजार ४ सय १ गरी जम्मा अध्यक्षले क्वाटरमा ५९ लाख ७२ हजार २६ रुपैंया खर्च गरेको महालेखाले उल्लेख गरेको छ ।
जनप्रतिनिधिले तोकेको सेवा सुविधा भन्दा अन्य रकम खर्च गर्नु भनेको ठुलो अनियमितता भएको महालेखापरीक्षकको कार्यालयका उप–महालेखापरीक्षक वैकुण्ठ बहादुर अधिकारी बताउँछन् । अधिकारीले भन्छन् – तोकेको सेवा सुविधा भन्दा बाहिर गएर सत्ता र शक्तिको भरमा गरिने खर्च भ्रष्टाचार हो भन्दा पनि फरक पर्दैन।
आफूलाई भ्रष्टाचार विरोधी र विकास प्रेमीको संज्ञा दिने अध्यक्ष ज्ञानकुमार श्रेष्ठको चरित्रलाई महालेखापरीक्षकको कार्यालयले गरेको परीक्षणले नाङ्गो, उदाङ्गो बनाइदिए पछि लाज ढाक्न भए पनि विज्ञप्ति अत्यावश्यक थियो सायद !

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button