बागमती प्रदेशकै उत्कृष्ट बन्यो नवजागरण बचत

रामेछाप । जिल्लाको सदरमुकाम मन्थलीमा सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्थालाई बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) ले बागमती प्रदेशकै उत्कृष्ट सहकारी घोषणा गरेको छ ।
आइतबार काठमाडौँमा भएको बागमती प्रोस्कूनको ५ औं स्थापना दिवस तथा चौथो वार्षिकोत्सव कार्यक्रममा प्रोस्कूनले नवजागरण साकोसलाई बागमती प्रदेशकै उत्कृष्ट सहकारी घोषणा गरेको हो । बागमती प्रोस्कूनले कार्तिक २३ गते हुने आगामी साधारण सभामा नवजागरणलाई उत्कृष्ट संस्थाको रूपमा अवार्ड प्रदान गर्नेछ ।
२०८१ साउन ११ गतेसम्म नवजागरणमा ९ हजार ८ सय ७२ जना सदस्य आबद्ध छन् । ४ करोड ४८ लाख २४ हजार ८ सय सेयर पुँजी रहेको नवजागरणको जगेडा कोषमा ६ करोड ४७ लाख ६२ हजार ४ सय ८५ रुपैयाँ छ ।
सहकारीको अन्य कोषमा ६६ लाख ७ हजार, कुल बचत ५८ करोड ५३ लाख, लगानी ३९ करोड ३५ लाख रहेको छ । त्यस्तै संस्थागत पुँजी ६ करोड ६२ लाख र कुल सम्पत्ति ७४ करोड ७४ लाख रहेको छ । ७ सय २७ जनालाई कर्जा प्रवाह गरेको नवजागरण साकोसमा कुल १४ जना कर्मचारी कार्यरत छन् । संस्थासँग ६ करोड ४५ लाख तरलता छ भने २४ करोड ६७ लाख वित्तीय लगानी गरेको छ ।