कठजोर खोलामा आएको बाढीले ६० रोपनी खेतमा क्षति
मेयर श्रेष्ठ आफै खटिए उद्दारका लागी फिल्डमा
रामेछाप । बिहीबार रातिको वर्षातले मन्थली नगरपालिका वडा नं २ कठजोर खोलाको करिब ६० रोपनी खेतमा क्षति पुर्याएको छ । कठजोर खोलामा आएको बाढीले उर्मिला भुजेलको मतान समेत बगाएको छ भने घर पनि जोखिममा छ ।
बाढीले आसपासका उद्धव ढुङ्गेलको अन्दाजी ३ रोपनी, छत्रबहादुर ढुङेलको ६ रोपनी, सिता भुजेलको ३ रोपनी, कृष्ण लोचन अधिकारीको २ रोपनी, खोजबहादुर कार्की, अनन्त कार्की, अरीबहादुर कार्की, तेजबहादुर कार्कीको ८ रोपनी जग्गामा क्षति गरेको वडा अध्यक्ष सुरेन्द्रबहादुर कार्कीले बताए ।
अध्यक्ष कार्कीका अनुसार नारायण कार्कीको-५ रोपनी, कैलाश थापाको-९ रोपनी, सरोज श्रेष्ठको-३ रोपनी, घर समेत बगाएको उर्मिला भुजेलको-३ रोपनी, सिताराम बस्नेत-१ रोपनी, बद्री कार्कीको-१ रोपनी,रत्नबहादुर कार्कीको -१ रोपनी, ढालबहादुर कार्कीको-२ रोपनी, ललीमाया कार्कीको-२ रोपनी, हिराबहादुर कार्कीको-३ रोपनी, रत्नबहादुर कार्कीको-३ रोपनी, भैरव कार्कीको-२ रोपनी र गणेश थापाको १ रोपनी खेतबारीमा बाढी पसेर क्षति गरेको हो ।
जोखिममा परेको परिवारलाई तत्कालको लागि सुरक्षित गर्ने काम गरिएको कार्कीले बताए ।
बाढीबाट भएको क्षती बुझ्न गएका मन्थली नगरपालिकाका मेयर लव श्रेष्ठ आफै फिल्डमा खटिएर उद्दारमा लागेका थिए । उनि सँगै नेपाल प्रहरी र शसस्त्र प्रहरी पनि खटिएका थिए ।