महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला

बिशाल बस्नेत, महोत्तरी । महोत्तरीको बर्दिवास र औरही नगरपालिकाको सिमानामा एक जना जनप्रतिनिधि मृत अवस्थामा फेला परेको छ ।
मृतक जनप्रतिनिधि रामगोपालपुर नगरपालिका वडा नं.२ का वडा अध्यक्ष मुकेश यादव रहेको प्रहरीले जनाएका छन् ।
सनिवार वेलुका घरवाट निस्किएका अध्यक्ष यादवको मृत्युको कारण भने खुल्न सकेको छैन । प्रहरीको अनुसार मृतकको नाकवाट रगत वगेको, तिघ्रामा चोटपटक र केही निलडाम समेत देखिएका छन् ।
अहिले घटनास्थलमा प्रहरीले मुचुल्काको काम गरिरहेका छन् । घटनाको थप रहस्य पोष्टमार्टमपछी मात्र एकिन गर्न सकिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।