सुनकोसीमा खसेको गाडी निकालियो, बेपत्ता तीन जनाको खोजी जारी

काठमाडौँ । सिन्धुलीमा भएको दुर्घटनामा सुनकोसी नदीमा खसेको गाडी निकालिएका छन् ।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेश खुर्कोटको गोताखोर टोलीले गाडीलाई नदी किनारमा निकालेको छ ।

शनिबार साँझ करिब साढे ५स् ३० बजे हाइलक्स गाडी सुनकोसीमा खस्दा ३ जना बेपत्ता भएको थियो ।

भक्तपुरको सूर्यविनायक नगरपालिका ४ बाट हलेसी तीर्थयात्रा गएर फर्किने क्रममा गाडी दुर्घटना भएका हुन् । बेपत्ता हुनेमा गाडी चालक अविन बाके, गाडीमा सवार प्रणीत स्यागु र बलाम घटुवा रहेको छ । गाडी सुनकोसीमा खसेलगत्तै एक जना भने पौडेर बाहिर निस्किएका थिए । नदीबाट सुशान्त कक्षपति पौडिएर बाहिर निस्किएकको हो ।

बेपत्ता तीन जनाको खोजी कार्य अहिले पनि जारी रहेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button