देशका लागि प्रस्तावित राजदूतहरुको सुनुवाई प्रक्रिया भदौ १४ देखि सुरु हुने

काठमाडौँ । संसदीय सुनुवाई समितिले विभिन्न देशका लागि प्रस्तावित राजदूतहरुको सुनुवाई प्रक्रिया यही भदौ १४ गतेदेखि सुरु हुने भएका छन् ।
मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले प्रस्तावित १७ देशका राजदूतहरुमाथि परेको उजुरीसहितको सुनुवाई भदौ १४ गतेबाट सुरु गरी भदौ १६, १७, १८, १९, २०, २४ र २५ गतेगरी ८ दिनमा सम्पन्न गर्ने निर्णय गरेका हुन् ।
भदौ २१ गते तिज, २२ गते शनिबार र २३ गते पञ्चमीको बिदा परेकाले त्यसअघि र पछि गरी ८ दिनमा संसदीय सुनुवाई प्रक्रिया सम्पन्न गर्ने कार्ययोजना तय गरिएको समितिकी सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिएकी छन् ।