पहिरो पीडितलाई प्रदेशले उचित राहतको व्यवस्थापन गर्छः चौलागाईं

रामेछाप । दोरम्बा शैलुङ गाउँपालिका स्थित लेखर्कमा गएको पहिरो प्रति बागमती प्रदेश सरकार दुखी भएको प्रदेश माननीय युवराज चौलागाईंले बताए। पहिरोको अनुगमन गर्न पुगेका माननीय चौलागाईंले मृतक प्रति श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ताको खोजी कार्यमा कुनै कसुर बाँकी नराख्न सुरक्षाकर्मीलाई निर्देशन दिएका छन्।
गत ९ गते नै घटना स्थलमा पुगेका प्रदेश माननीय चौलागाईंले त्यो दिन पहिरो पीडित सँगै रात बिताएका उनी बताउँछन्। चौलागाईंले १० गते पालिकाको सबै क्षतिको विवरण बागमती प्रदेश सरकारका मुख्य मन्त्री बहादुर सिंह लामालाई जानकारी गराएका थिए।चौलागाईले भने – मुख्यमन्त्री ज्यूलाई मैले फोन गरेको थिए । उहाँले बागमती प्रदेश सरकार दोरम्बाको घटना प्रति निकै दुखी छ, यो दोरम्बाको लागि मात्रै नभएर देशकै लागि ठुलो क्षति हो। ज्यान गुमाउनेहरूका परिवारलाई उचित राहत र बाकी नागरिकहरूलाई सुरक्षित गाँसबास र आवासको प्रदेश सरकारले जिम्मा लिन्छ भन्नु भएको छ ।
बाढीले गाउँपालिका भित्रका ३ वटा पक्की पुल बगाएको र नागरिक ओहोरदोहोर गर्ने झोलुङ्गे पुल समेत बगाएकोले नागरिकलाई पालिका केन्द्र, प्रदेश र केन्द्रीय सरकारसँग पुग्न समस्या भएको माननीय चौलागाईंले मुख्य मन्त्री सँग राखेका थिए। यो पटक पालिका जोड्ने एउटा पक्की पुल र आवश्यकताको आधारमा झोलुङ्गे पुल प्रदेश सरकारले छिट्टै निर्माण गर्ने नागरिक समक्ष प्रतिबद्धता गर्न मुख्य मन्त्रीज्यूले भन्नु भएको छ । नागरिकलाई प्रदेश सरकारको आभास दिलाउन कटिबद्ध भएर लागेका चौलागाईले पहिरो पीडितको बसेकै ठाउँमा पुगेर उनीहरूको दुख सुन्न समेत भ्याए ।
दुखको बेला जनप्रतिनिधि आवश्यकता समस्याको बेला महसुस हुने रहेछ, पहिरो पीडित सन्तलाल पहरीले भने। हामीलाई समस्या पर्दा आफ्नो ज्यान नै जोखिममा राखेर सहयोग गर्न आउनुहुने रहेछ जनप्रतिनिधिहरू, उनले थपे । उनले आफू पीडामा हुँदा मल्हम लगाइदिन आउने सबै जनप्रतिनिधिलाई धन्यवाद भन्न भ्याए ।