Trending

लिखुतामाकोशी चौथो राष्ट्रपति रनिङ शिल्ड : झट्टेश्वर मावी धोबीले उचाल्यो

रामेछाप — लिखु तामाकोशी गाउँपालिकाद्वारा आयोजित चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा झट्टेश्वर माध्यमिक विद्यालय, धोबीले उचालेको छ । विद्यालयले विभिन्न ६६ विधामा उत्कृष्ट प्रदर्शन गर्दै २९ स्वर्ण, २० रजत र २० कास्य गरी जम्मा ६९ पदक हात पारेको हो। उत्कृष्टताका आधारमा झट्टेश्वर माविले रनिङ शिल्ड, ट्रफी, मेडल, प्रमाणपत्रसहित नगद ३० हजार प्राप्त गर्यो ।
प्रतियोगितामा १५ स्वर्ण, १५ रजत तथा १४ कास्यसहित ४४ पदक जितेको चण्डेश्वरी मावी सैपु दोस्रो स्थानमा रह्यो । विद्यालयले प्रमाणपत्रसहित २० हजार नगद पुरस्कार पायो। ११ स्वर्ण, १३ रजत र १३ कास्यसहित ३७ पदक प्राप्त गरेको अरुणोदय मावी सैपुले तेस्रो स्थान ओगट्दै १५ हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्यो ।
त्रिपुरेश्वर मावी दुर्गागाउँले ३ स्वर्ण, ४ रजत र ६ कास्य गरी १३ पदकसहित सान्त्वना स्थान हासिल गर्दै १० हजार नगद पुरस्कार हात पार्यो ।
अन्य विद्यालयहरू मध्ये तामाकोशी ज.जा. मावी खिम्तीले २ स्वर्ण, ४ रजत, १२ कास्य; भृङ्गेश्वर मावी धारापानीले २ स्वर्ण, ४ रजत, ६ कास्य; भृङ्गेश्वर मावी कोटगाउँले २ स्वर्ण, १ कास्य; नवदर्शन मावी तिलपुङले १ स्वर्ण, ६ रजत, १३ कास्य; बुद्ध जनप्रिय मावी नागदहले १ स्वर्ण, १ कास्य तथा मावी ज्यामिरेखानी, खिम्तीले १ रजत, ४ कास्य पदक ल्याएका छन्। यस वर्ष भृक्षेश्वर मावी खोल्मागाउँ भने कुनै पदक हासिल गर्न सकेन ।
समापन समारोह बिहीबार झट्टेश्वर मावी धोबीको खेलमैदानमा सम्पन्न भएको थियो। कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख चिना खड्का कार्की, गाउँपालिका अध्यक्ष केशव महत, उपाध्यक्ष दीपा पाख्रीन, गाउँ खेलकुद विकास समितिका अध्यक्ष सुसियल तामाङलगायतले विजेता तथा उत्कृष्ट खेलाडीलाई पुरस्कार वितरण गरे।
गाउँपालिकाका ११ विद्यालयका खेलाडीहरूले सोमबारदेखि चलेको प्रतियोगितामा ६६ विधामा प्रतिस्पर्धा गरेका थिए। विद्यालय तहमै प्रतिभा पहिचान गरी सक्षम खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख रामसिंह डडालले जानकारी दिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button