रामेछाप त्रिवेणि बस दुर्घटना अपडेट: बेपत्ता बाकी १ बालकको शव फेला

रामेछाप त्रिवेणि बस दुर्घटनामा बेपत्ता बाकी रामेछाप जिल्ला लिखुतामाकोशी गाउँपालिका वडा न. ७ का ८ वर्षीय रोनिश तामाङको शव फेला परेको छ । दुर्घटना भएको ९ औं दिनमा प्रहरीले खोजी कार्य गर्ने क्रममा मृत अवस्थामा उक्त शव फेला पारेको छ । रामेछाप नगरपालिका वडा न ९ को मरिण घाट सुनकोशी नदिमा फेला परेको हो। मृत्युका काकाले शव सनाखत गरि मुचुल्का गर्ने काम भइरहेको प्रहरीले जानकारी दिएको छ । पोस्टमार्टम पछि परिवारलाई शव जिम्मा लगाइने प्रहरीले जनाएको छ ।
गत हप्ताको मंगलबार काठमाडौँबाट मन्थली हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको प्रदेश ०३–०१–००५ ख ९९७५ नम्बरको पुर्व अरनिको यातायात प्रा लि को यात्रुवाहक बस रामेछाप जिल्लाको मन्थली नगरपालिका–६ स्थित भलुवाजोरको त्रिवेणी नजिकै भिर बाट तामाकोसीमा दुर्घटनामा परि १२ जनाको मृत्यु भएको थियो भने चालक समेत ८ जना घाइते भएका थिए, ३ जना बेपत्ता भएकोमा आज सम्ममा ३ नै जनाको शव फेला परेको प्रहरीले जनाएको छ । दुर्घटनामा परि घाइतेको काठमाडौको विभिन्न अस्पतालमा उपचार भइ रहेको छ ।



