डेँगी रोग सम्बन्धि सचेतना तथा खोज र नष्ट गर अभियान रामेछाप बजारमा

रामेछाप । डेँगी रोग सम्बन्धि सचेतना तथा खोज र नष्ट गर अभियान अन्तर्गत रामेछाप बजार सरसफाई कार्यक्रम गरिएको छ ।
रामेछाप नगरपालिका वडा न. ८ स्थित सहिद स्मृति चोक देखि माथिल्लो बजार, तल्लो बजार हुँदै मानेँडाँडासम्म बजार सरसफाई गरिएको थियो ।
शुक्रबार (आज) भएको कार्यक्रममा डेँगीबाट बच्ने सन्देश बजाउँदै जनप्रतिनिधी, कर्मचारी, स्वास्थ्यकर्मी, सेना, प्रहरी सहित स्थानियहरुको सहभागीतामा गरिएको कार्यक्रममा बजार क्षेत्रमा पानी जमेको स्थानमा कुचो वा अन्य साधनको प्रयोग गरी पानी हटाउने, टायरलगायत सडक किनारामा राखिएको वस्तुमा जमेको पानी फाल्ने, झाडीहरु फाँड्ने, सडकको फोहोर संकलन गर्ने जस्ता कार्य गरिएको थियो ।
पानी परिरहने समय भएको हुँदा लामखुट्टेको टोकाइबाट हुने डेङ्गु रोग फैलन सक्ने भन्दै लार्भा खोज र नष्ट गर अभियानसँगै बजार सरसफाई गरिएको रामेछाप नगरपालिकाका जनस्वास्थ्य अधिकृत विष्णु बहादुर कार्कीले बताए ।
लाम्खुट्टेको टोकाइबाट बच्न लामखुट्टे बस्ने स्थान जस्तै गमला, फूलदानी, खाली बट्टा, खाली ड्रम, गाडीका काम नलाग्ने टायरमा पानी जम्न नदिई डेँगी रोगबाट बच्न कार्यालय रामेछापका प्रमुख बिभु कुमार झाले नागरीकलाई आग्रह गरे ।
जनस्वास्थ्य कार्यालय रामेछाप र रामेछाप नगरपालिकाको कार्यालयको आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो ।




